नेपालको २८२ रन, रोहित शतक बनाउन चुके


काठमाडौं, २९ चैत । नेपालले सिंगापुर विरुद्ध २८२ रन बनाएको छ । आईसीसी यू १९ क्रिकेट वल्र्ड कप एशिया क्वालिफायर २०१९ अन्तर्गत आज भएको खेल सिंगापुर यू १९ विरुद्धको खेलमा ४६ ओभरमा अलआउट हुँदै नेपालले २८२ रन बनायो ।

क्वाला लुम्पुरमा भएको खेलमा सिंगापुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकोमा नेपालले १८ रनमै २ विकेट गुमाइसकेको थियो । तेश्रो विकेटको लागि रोहित र पवन शर्राफले ९० रनको साझेदारी गरेका थिए । अन्य साझेदारी खासै नचलेपनी सातौं विकेटको लागि रोहित र रसिद खानले ७७ रन जोड्न सफल भए ।

टोलीका लागि कप्तान रोहित ९५ रन बनाएर आउट भए । उनले १०५ बलमा १ छक्का र ७ चौका प्रहार गरेका छन् । त्यस्तै रसिद खानले ४ चौका र २ छक्का सहति ४७ बलमा ४८ रन बनाए । विस्फोटक ब्याटिङ गरेका कमल सिंह ऐरीले पनि ३ छक्का र १ चौका सहित १८ बलमा ३१ रन बनाए ।

ओपनर पवन शर्राफले ५३ बलमा ४ चौका र २ छक्का सहित ४७ रन बनाए भने भिम सार्कीले १९ बलमा २६ रन बनाए । कुशल मल्लले पनि १० रनको योगदान दिए ।  

सिंगापुरको लागि अथर्व गुणीले ४ विकेट लिए भने विनित मेहता र राउल शर्माले समान २ विकेट लिए । दोश्रो इनिङ ४० मिनेटपछि शुरु हुँदैछ ।

नेपालको लागि यू १९ विश्वकपमा पुग्नको लागि यो प्रतियोगिता अति महत्वपूर्ण छ । यसमा विजयी भएमा विश्वकपमा स्थान बनाउन सहज भएकोले पनि नेपालले सबै खेल जित्दै जाने लक्ष्य लिएको कप्तान रोहितले बताएका थिए ।

इंग्लिस खेलाडी बेन स्टोक्स न्यूजिल्याण्डको अवार्डमा मनोनित ?

एजेन्सी । इंग्ल्याण्डको तर्फबाट विश्वकप खेल्दै न्यूजिल्याण्डलाई हराउँदा नायक बनेका बेन स्टोक्सलाई न्यूजिल्याण्डको अवार्डको लागि मनोनित गरिएको छ

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्

काठमाडौँ, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ ।     इङ्गल्याण्डको लण्डनमा

पोग्बालाई युभेन्टस फर्काउन तीन खेलाडी दिने प्रस्ताव

एजेन्सी । फुटबल क्षेत्रको ठुला नाम भित्र्याउँदै क्लबमा सटिक सन्तुलन मिलाउन प्रयासरत इटालीयन क्लब युभेन्टसले पल पोग्बालाई क्लबमै फर्काउन बलियो

आईसीसीको निर्णयले जिम्बाब्वे निलम्बलनमा, नेपालबारे चर्चा हुन सकेन

काठमाडौं, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले जिम्बाब्वे क्रिकेट टोलीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार लण्डनमा