‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकियो

        
काठमाडौँ, २९ चैत । कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकिएको छ । चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकेसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम अहिले धमाधम भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।

दश किलोमिटर लम्बाइको सो सडकमा झण्डै सात किलोमिटर अहिलेसम्म निर्माण भइसकेको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । आगामी वर्षसम्ममा बाँकी सडक निर्माण सक्ने योजना रहेको उनले बताए । उनका अनुसार सडकको मापदण्डभित्रै रहेका घरटहरा नहट्दा काममा बाधा पुगेको छ । उनले भने, “यी घरटहरा हटेमा बाँकी काम चाँडो सकिनेछ ।”

चक्रपथको भित्र र बाहिरपट्टि गरेर दुवैतर्फको काम भइरहेको इञ्जिनीयर शर्माले बताए । सो सडकमा मुख्य लेन, सहायक लेन र ‘सर्भिस ट्र्याक’ गरेर तीन लेन छन् । मुख्य र सहायक लेन चार÷चार र ‘सर्भिस ट्र्याक’ दुवैतर्फ एक÷एक गरेर दुई लेनको छ । मुख्य र सहायक गरेर आठ लेन सडक निर्माणको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी सङ्घाई निर्माण सेवा समूहले लिएको थियो । समूहले गत पुसमा नै नेपाल सरकारलाई सडक हस्तान्तरण गरिसकेको छ ।
    
सो सडक निर्माणले चक्रपथमा आवतजावत सहज भए पनि सर्भिस ट्र्याक बनिनसकेकाले मुख्य सडकमा छिर्न कठिन भएको स्थानीयवासी बताउँछन् । चीन सरकारले नै अहिले चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्की–महाराजगञ्ज सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेको छ । रासस

 

आर्च ब्रिज सञ्चालनमा आउने

चितवन, १३ जेठ । पृथ्वी राजमार्गको मुग्लिनस्थित इच्छाकामना र तनहुँको आँबुखैरहनी गाउँपालिका जोड्ने पुल (आर्च ब्रिज) यही असार पहिलो साताबाट सञ्चालनमा

 भूकम्प असर: दशौँ वर्षसम्म परकम्पन आउन सक्ने 

चितवन । महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गर्नुभएका

भूकम्प प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्रीको मुहारमा कहाँबाट आयो चमक

   काठमाडौं । विसं २०७२  मा यतिखेर देश शोकमग्न अवस्थामा थियो । कति मानिस ऐया र आत्था गर्दै पुरिएका संरचनाभित्र गुहार माग्दै थिए । कतिपय जीवनकै

नमूना शहर बनाउन डिपिआर शुरु

लमही, १० वैशाख । दाङको गढवा गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु भएको छ । शहरी विकास