जुम्लामा ५८ किलोवाट विद्युत आयोजना निर्माण

जुम्ला, २९ चैत । जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हुने क्रममा छ ।

वैशाखभित्र गाउँमा बिजुली झिलीमिली गर्ने गरी निर्माणाधीन विद्युत्को कामलाई तीव्रता दिइएको छ । आर्थिक वर्ष २०७१÷७२ बाट विद्युतको निर्माणकार्य शुरु गरिएको हो ।
 
लाम्रीगाउँकी स्थानीय रामतुला बुढाले भने, “घरमा बिजुली बालौंला भन्दै अहिले तीन वर्ष बित्यो, अझै वैशाखमा बल्ने भन्ने छ तर काम बाँकी छ । यो भन्दा पहिला दियालोबाट दिन गुजारियो, हाम्रा दिन अँध्यारोमै बिते, अब बालबच्चालाई पढ्न लेख्न सहज होस् भनेर सबै हामी स्थानीयवासी लागिपरेका छौँ ।”

रकम अभावले लम्बिएको विद्युत् निर्माणकार्यले वैशाखभित्र पूर्णता पाउने साना जलविद्युत् विउरेनी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढाले बताए । उनले भने, “एक नहर (कुलो) बाट विद्युत् उत्पादन पनि हुने र त्यसैबाट सिँचाइको काम पनि हुने गरी आयोजना निर्माण गरिएको हो ।”  तीन करोड लागतको प्राविधिक अनुमानमा निर्माणकार्य थालनी गरिएको बहुउद्देश्यीय आयोजना साढे दुई वर्षमा निर्माणकार्य सम्पन्न हुनुपर्ने भएपनि बजेट अभावका कारण अहिलेसम्म लम्बिएको उनको भनाइ छ ।
 
उपभोक्ता समितिले बजेट जुटाउँदै काम गरेको उनले बताए । तत्कालीन डिल्लीचौर गाउँ विकास समितिको कर्णाली रोजगार कार्यक्रमअन्तर्गत रु २० लाख बजेटबाट विद्युत् र सिँचाइ हुने गरी काम शुरु गरिएको हो । सांसद विकास कोषबाट रु ३० लाख, गैरसरकारी संस्था सूर्य सामाजिक सेवा सङ्घ (फोरएस) जुम्लाबाट रु २० लाख, पातारासी गाउँपालिकाबाट रु ७५ लाख बजेट गरी रु एक करोड ४० लाख बजेट जुटाएर काम भएको उपभोक्ता समितिका अध्यक्ष बुढाले बताए । तिर्खु लाम्री, डिल्लीचौर जम्न गरी चार गाउँको करीव ५०० घरधुरीमा बिजुली पु¥याउने आयोजनाको उद्देश्य रहेको छ ।
 
बजेट अभावले ट्रान्समिटर र अन्य केही विद्युत् सामग्री खरीद गर्न बाँकी नै छ । गाउँपालिकाले आयोजना निर्माणका लागि लगानी गर्ने आश्वासन दिएको छ । त्यसै रकमबाट बाँकी विद्युत् सामग्री खरीद गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष बुढाको भनाइ छ ।

पाँच हजार रोपनी जमीन सिँचाइ हुने
    
विद्युत् र सिँचाइका लागि निर्माण गरिएको नहरबाट पाँच हजार रोपनी सिँचाइ हुने भएको छ । सिँचाइ हुने भएपछि स्थानीयवासीले तरकारी खेती गर्ने लक्ष्य बनाएको वीरबहादुर बोहोराले बताए । उनले भने, “विषादीरहित जैविक तरकारी खेती स्थानीय बजारदेखि बाहिर बजारमा राम्रो माग भएकाले किसान तरकारी खेतीमा बढी आकर्षित भएका छन् ।”
 
यहाँ केहीले काली मार्सी धान पनि रोप्ने गरेका थिए तर धानमा बढी रोग लाग्ने र परिश्रमअनुसारको उत्पादन नहुने भएकाले तरकारी खेतीमा किसानको मोह बढेको हो । गाउँपालिकाको उर्थुचौतारामा पक्की पुल निर्माण भएपछि यहाँको तरकारी सहजै कर्णाली राजमार्ग हुँदै सुर्खेत, नेपालगञ्ज राष्ट्रिय बजारमा पु¥याउन सकिने भएकाले स्थानीयवासीले तरकारी खेतीलाई बढी जोड दिएका हुन् । रासस

 

मेची भन्सारको राजश्व लक्ष्यभन्दा कम

भद्रपुर, ३ साउन । मेची भन्सार कार्यालय झापाले गत आव २०७५÷७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ । भारतको कोलकाताबाट

पाँचसय म्यानपावर कम्पनी खारेज हुने

काठमाडौं । सरकारले म्यानपावर कम्पनीमाथि कडाई गर्ने तयारी गरिरहेको बुझिएको छ । उनीहरुको धरौटी बढाउने गरी नीति ल्याउन लागेसँगै निर्धारित संख्याभन्दा

तनहुँ समाचारः कफी खेती शुरु

तनहुँ, २ साउन । तनहुँको छिम्केश्वरीपछिको दोस्रो कर्णालीका रुपमा परिचित देवघाट गाउँपालिकाको बैदी ऋषिङथानमा कफी खेती थालिएको छ ।   समुन्द्री सतहबाट

व्यावसायिक जडीबुटी खेतीको भारत निकासी घट्यो

नेपालगञ्ज, २ साउन ।  जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जटीबुडीको खेती हुँदै आएको छ । सरकारले