काठमाडौंका एकतर्फी सडक दुईतर्फी बनाइँदै

काठमाडाैं  ।  धानीका अधिकांश स्थानमा लामो समय ट्राफिक जाम पर्छ । ‘पिक आवर’ (बिहान ९–११ र साँझ ४–६ बजे) जाम हुने मुख्य स्थानमा कति सवारी गुड्छन् भन्ने तथ्यांक थिएन । काठमाडौं महानगरपालिका सहरी योजना आयोगले अहिले ‘पिक आवर’मा गुड्ने सवारी संख्या पत्ता लगाएको छ बढ्दो सवारी चापका कारण राजधानीका अधिकांश स्थानमा लामो समय ट्राफिक जाम पर्छ । ‘पिक आवर’ (बिहान ९–११ र साँझ ४–६ बजे) जाम हुने मुख्य स्थानमा कति सवारी गुड्छन् भन्ने तथ्यांक थिएन । काठमाडौं महानगरपालिका सहरी योजना आयोगले अहिले ‘पिक आवर’मा गुड्ने सवारी संख्या पत्ता लगाएको छ । 

यातायात क्षेत्रका विज्ञसहितको टोलीले महानगरका कोटेश्वर, थापाथली र टुँडिखेलआसपासको सडकमा सवारी चापको तथ्यांक संकलन गरेको छ । आयोगको प्रतिवेदनअनुसार उपत्यकामा चारपांग्रे सवारीको तुलनामा तेब्बरभन्दा बढी दुईपांग्रे सवारी गुड्ने गरेका छन् । 

यसरी गरियो अध्ययन 
विज्ञसहितको टोलीले पिक आवरमा चाप बढी हुने क्षेत्रमा गएर सूक्ष्म अध्ययन गरेको काठमाडौं महानगरपालिका सहरी योजना आयोगका अधिकृत सुशील सुवेदीले बताए । ‘बिहान ९ देखि ११ र साँझ ४ बजे देखि ६ बजेम्म सवारी चाप धेरै हुने रहेछ,’ उनले भने, ‘त्यही समयमा टोलीले उपयुक्त विधि प्रयोग गरेर सवारी संख्या गिन्ती गरेको हो ।’

टोलीले रत्नपार्कबाट देब्रे र दाहिने मोडिने सवारीको अध्ययन गरेको थियो । देब्रे मोडिनेले जाम नबढाउने, तर दाहिने मोडिनेले जाम बढाएको निष्कर्ष आयोगले निकालेको छ । ट्राफिक प्रहरीसँग छलफल गरेर आसपासमा जथाभावी दाहिने मोड्न नदिने व्यवस्था गर्ने तयारी आयोगको छ । ‘पिक आवरमा एउटा मोटरसाइकल दाहिने मोडिँदा लाग्ने ३० सेकेन्डका कारण तीन सय गाडी रोकिने रहेछन्,’ सुवेदीले भने, ‘त्यसैले अफिस टाइममा जथाभावी दायाँ मोड्न निषेध गर्न ट्राफिक प्रहरीसँग छलफल गर्छौँ ।’ जेब्राक्रसमा मानिसले बाटो काट्दासमेत जाम बढ्ने गरेकाले अर्को चरणमा मानिसले बाटो काट्दा कति जाम बढ्छ भनेर अध्ययन गर्ने उनले बताए । 

अध्ययनपछि महानगरले फुटपाथ व्यवस्थापन र केही वानवे रोडलाई टुवे बनाउने तयारी थालेको छ । त्यस्तै दाहिने मोड्न नदिने, ट्राफिक आइल्यान्ड थपेर निगरानी बढाउनेलगायत विषयमा सरोकारवाला निकायसँग छलफल र समन्वयको तयारी पनि महानगरले गरेको छ । रत्नपार्क–न्युरोडसहित विभिन्न स्थानमा मोटरसाइकल चल्न दिने कि नदिने, सार्वजनिक सवारीलाई कसरी बढावा दिने भन्ने विषयमा उसले छलफल गर्दै छ । 

कहाँ कति सवारी गुड्छन् ?

भक्तपुरबाट कोटेश्वरतर्फ
पिक आवरमा प्रतिमिनेट ८० मोटरसाइकल र २७ गाडी गुड्छन् । बिहान १३ हजार तीन सय ४७ मोटरसाइकल र तीन हजार पाँच सय गाडी तथा साँझमा पाँच हजार नौ सय ७८ मोटरसाइकल र ६ हजार चार सय ६८ गाडी चल्छन् ।

कोटेश्वरबाट भक्तपुरतर्फ
एक मिनेटमा औसत ७६ मोटरसाइकल र ३४ गाडी गुड्छन् । बिहान पाँच हजार ६ सय ६५ मोटरसाइकल र चार हजार ३० गाडी तथा साँझमा १२ हजार आठ सय ८७ मोटरसाइकल र चार हजार एक सय ४० गाडी गुड्छन् । पुतलीसडक क्षेत्रमा व्यस्त समयमा प्रतिमिनेट एक सय ५६ मोटरसाइकल र ६१ गाडी गुड्छन् । 

ललितपुरबाट काठमाडौं (कुपन्डोल–थापाथली)
यो सडकमा प्रतिमिनेट ६२ मोटरसाइकल र २४ गाडी गुड्छन् । बिहान आठ हजार तीन सय ८६ मोटरसाइकल र तीन हजार तीन सय ३० गाडी तथा साँझ ६ हजार पाँच सय ३४ मोटरसाइकल र दुई हजार पाँच सय ३० गाडी गुड्ने गरेका छन् । 

थापाथलीबाट कुपन्डोलतर्फ
प्रतिमिनेट ३६ मोटरसाइकल र १३ गाडी गुड्छन् । बिहान ६ हजार एक सय १६ मोटरसाइकल र दुई हजार तीन सय ७७ गाडी तथा साँझमा सात हजार आठ सय ८७ मोटरसाइकल र तीन हजार तीन सय ४६ गाडी गुड्छन् । 

सुन्धारा चोकबाट रत्नपार्कतर्फ 
यो क्षेत्रमा एक मिनेटमा ९९ मोटरसाइकल र ५९ गाडी गुड्छन् । बिहान ११ हजार एक सय ८२ मोटरसाइकल र सात हजार सात सय ३७ गाडी तथा साँझपख १२ हजार सात सय २० मोटरसाइकल र ६ हजार चार सय सात गाडी गुड्छन् । 

रत्नपार्क–भद्रकाली सडक
एक मिनेटमा ८४ मोटरसाइकल र ५० गाडी गुड्छन् । बिहान नौ हजार तीन सय ९७ मोटरसाइकल र पाँच हजार सात सय ६९ गाडी तथा साँझ १० हजार ६ सय ३२ मोटरसाइकल र ६ हजार तीन सय ७३ गाडी गुड्छन् । टुँडिखेल क्षेत्रमा व्यस्त समयमा एक मिनेटमा एक सय ८३ मोटरसाइकल र एक सय नौवटा गाडी गुड्छन् । (नयाँपत्रिका दैनिकबाट)

नारायणीमा दशैँदेखि पानीजहाज

चितवन  । नारायणी नदीमा सञ्चालन गर्न चार महिनादेखि निर्माणाधीन क्रुज (मिनी पानीजहाज)लाई नदीमा राखिएको छ । पानीबाहिर राखेर निर्माण गरिँदै आएको

मुलुकबाट बाहिरियो ९१ अर्ब

काठमाडौँ — गत जेठसम्म मुलुक भित्रने भन्दा ९१ अर्ब रुपैयाँ बढी रकम बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको ११ महिने ‘देशको

कता हरायो उपत्यकाका नदी सङ्लो पार्ने योजना ?

काठमाडौं । बढ्दो शहरीकरण, तीव्र जनसंख्या वृद्धि लगायत कारणले काठमाडौं उपत्यकाका नदी तथा विभिन्न खोला नाला दैनिक दुर्गन्धित बनिरहेको छ । दुर्गन्धित

कांग्रेसमा कोइराला परिवारको सक्रियता

काठमाडौं : कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको संघारमा सुशीलको निधन भएपछि कोइराला परिवार