किड्नी फेरेका उद्योगपती दिवाकर गोल्छाको निधन

काठमाडौं, २७ चैत । उद्योगपती दिवाकर गोल्छाको मंगलबार राती निधन भएको छ । भारतमा रहेका उनको त्यतै मृत्यु भएको उनको पारिवारिक श्रोतले बताएको छ ।

गोल्छा पछिल्लो समय किड्नी फेल भएर उपचारको लागि भारतको चेन्नई शहर गएको थाहा भएको छ । दुई हप्ताअघि मात्र उनको किड्नी फेरिएको थियो ।

६७ वर्षका व्यवसायी दिवाकरले नेपालको प्रसिद्ध गोल्छा अर्गनाइजेसनलाई सफल बनाउन ठुलो योगदान दिएका थिए । उनकै पालामा गोल्छा अर्गनाइजेसनले हुलास जस्तापाता, हुलास वायर, चिनी मिल तथा अन्य खाद्य पदार्थ उत्पादन गर्ने मिलहरुको क्षेत्रमा व्यवसाय विस्तार गरेको थियो ।

उनी पहिलो संविधान सभामा नेपाली कांग्रेसबाट सभासद पनि बनेका थिए । उनको निधनबाट नेपालको औद्योगिक क्षेत्रलाई ठुलो क्षति भएको बताइन्छ ।

उनको पार्थिव शरिरलाई बिहिबार काठमाडौं ल्याइ पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक सुत्रले जानकारी दिएको छ ।

 

मदिराले धानेको राजश्व

चितवन, ११ वैशाख। आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस

शिवम् सिमेन्ट्सको शेयरधनीलाई १५ प्रतिशत नगद लाभांस

काठमाडौं, १० वैशाख । शिवम् सिमेन्ट्स लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।  पब्लिक कम्पनीमा परिणत भइसकेपछि शिवम् सिमेन्टले

काठमाडौँमा पाँच हजार साना उद्योग दर्ता

काठमाडौँ, १० वैशाख । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी

लाभ कर नतिर्ने एनसेलको सीम प्रयोग नगर्न अपील 

काठमाडौं । नेपाल सरकारलाई पूँजीगत लाभ कर नतिर्ने एनसेलको सीम प्रयोग नगर्न अभियन्ताहरुले आव्हन गरेका छन् । उनीहरुले एनसेललाई कुनै पनि किसिमको