नियम विपरित कामगर्ने व्यवसायीसँग २७ लाख जरिवाना असुल

काठमाडौँ, २६ चैत । सरकारले मापदण्ड पालना नगर्ने व्यवसायीबाट पछिल्ला पाँच महीनामा रु २७ लाख जरिवाना असुल गरेको छ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यवसायीलाई स्थलगत कारवाही गर्दा सो जरिवाना रकम असुल गरेको हो । 

विभागले गत कात्तिकदेखि अहिलेसम्म ११२ व्यवसायीलाई कारवाही गरिएको जनाएको छ । गत असोजमा बनेको उपभोक्ता हित संरक्षण ऐन कात्तिक २ देखि लागू भएको विभागका निर्देशक रघुनाथ महत्तले बताए । उनका अनुसार देशभरका विभिन्न उद्योगमा उपभोक्ताले दिएको सूचना र विभागको आफ्नो योजनाअनुसार अनुगमन भइरहेको छ ।

 अनुगमनका क्रममा व्यवसाय दर्ता नभई सञ्चालन भएका, म्याद नाघेको सामान बिक्री वितरण भइरहेका, परिमाण तोकिएअनुसार नभएको, मूल्यसूची नभएको लगायतका गल्ती पाइएको उनले बताए । विगतका वर्षहरुमा अनुगमन भइरहेपनि गल्ती पाउँदा विभागसँग कारवाही प्रक्रिया मात्रै अघि बढाउने अधिकार थियो । उनले भने, “अहिले स्थलगत कारवाहीदेखि विभागलाई मुद्दा अघि बढाउन अर्धन्यायिक निकाय समेतको अधिकार छ ।”

उपभोक्ताका पक्षमा ऐन बने पनि नियमावली बन्न भने नसकेको विभागले जनाएको छ । नियमावलीले नै अनुगमन र व्यवसायमा गल्ती पाइँदा कारवाही प्रक्रियाका बारेमा स्पष्ट पर्ने उनले बताए । ऐनमा अनुगमन अधिकृतलाई अनुगमन र कारवाहीका लागि सिफारिसको व्यवस्था गरेको छ । रासस
 

मदिराले धानेको राजश्व

चितवन, ११ वैशाख। आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस

शिवम् सिमेन्ट्सको शेयरधनीलाई १५ प्रतिशत नगद लाभांस

काठमाडौं, १० वैशाख । शिवम् सिमेन्ट्स लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।  पब्लिक कम्पनीमा परिणत भइसकेपछि शिवम् सिमेन्टले

काठमाडौँमा पाँच हजार साना उद्योग दर्ता

काठमाडौँ, १० वैशाख । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी

लाभ कर नतिर्ने एनसेलको सीम प्रयोग नगर्न अपील 

काठमाडौं । नेपाल सरकारलाई पूँजीगत लाभ कर नतिर्ने एनसेलको सीम प्रयोग नगर्न अभियन्ताहरुले आव्हन गरेका छन् । उनीहरुले एनसेललाई कुनै पनि किसिमको