गाईपालनमा मस्त छन् बुढाथोकी

दाङ, २६ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका–८ दूधेनाका ४३ वर्षीय शशीराम बुढाथोकीले व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गरेर सफल उद्यमीको पहिचान बनाउन सफल भएका छन् ।

विगत १० वर्षदेखि पशुपालन पेशा अँगालेका बुढाथोकीले अहिले आफ्नो परिवारका तीन सदस्यसहित गाईपालन गरिहेका छन् । उनले आफ्नो पुरै परिवार र अन्य दुईजनालाई रोजगारी पनि दिएका छन् ।

पशुपालन पेशाबाट सन्तुष्ट उनि भन्छन्, “वार्षिक रु १० देखि १२ लाखसम्म बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ, म यसैमा रमाएको पनि छु ।”

शुरुका वर्षमा आफ्नै घरजग्गामा रु एक लाख ५० हजार लगानी गरेर तीनवटा जर्सी गाईबाट सेवा शुरु गरेका बुढाथोकीले अहिले जर्सी क्रस जातका गरी जम्मा १४ गाई र छ बाच्छा–बाच्छी छन् । एउटा जर्सी गाईको मूल्य रु एक लाखदेखि एक लाख ५० हजार पर्ने उनी बताउँछन् ।  हाल उनी दैनिक ८० देखि ९० लिटर दूध स्थानीय तुलसीपुरका डेरी उद्योगमा  बिक्री गर्ने गरेका छन् ।

बुढाथोकीले गत वर्षदेखि रु १६ लाखको लागतमा बुढाथोकी कुखुरा फार्मसमेत खोलेका छन् ।

बुढाथोकीको फार्ममा अहिलेसम्म रु २५ लाख लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक रु १८ देखि २२ लाखसम्म आम्दानी हुने गरेको छ ।

आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर वर्षमा कम्तीमा पनि रु १२ लाख रुपैयाँ बचत गर्न सफल भएको बुढाथोकीले बताउँछन् । आफूले दुई बिघा जमीन गाईपालनका लागि भाडामा लिए पनि सिँचाइ अभावका कारण घाँस खेती गर्न नसक्दा समस्या हुने गरेको उनको भनाइ छ ।

घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य सामग्री खरीद गर्दा लागत खर्च बढेको पनि बुढाथोकीले बताए ।

कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले अहिले उनको गाई फार्ममा विभिन्न ठाउँबाट गाई हेर्न, जानकारी लिन तथा गाई खरीदका लागिसमेत मानिस आउने गरेका छन् । “पढेलेखेकाहरु पैसा कमाउनकै लागि जागिर खानैपर्छ या विदेश नै जानुपर्छ भन्ने छैन”, उनको सुझाव छ, “पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्छ ।” स्वयं युवा वर्गले एक सञ्जाल निर्माण गरी गाईपालनका पूर्वाधारहरु पहिचान र निर्माण गरेर सहकारीका रूपमा व्यवसायलाई अघि बढाउन जरुरी रहेको उनको भनाइ छ ।

गाईपालनका लागि मुख्यतः घाँस, दाना र स्थायी बजारको समस्या रहेको बताउने बुढाथोकी दूध प्रशोधनका लागि चिस्यान केन्द्रसमेत नहुँदा दूधको शुद्धतामा उपभोक्तहरुले आशङ्का गर्ने गरेको बताए। विभिन्न क्षेत्रबाट दिइने अनुदान खाली प्रक्रियामुखी रहेको र आवश्यकताभन्दा पनि कार्यक्रममुखी भएकाले अनुदानलाई व्यावहारिक र आवश्यकतामा आधारित बनाउनुपर्ने उनको भनाइ थियो । सरकारले कृषकका लागि मल अनुदान दिएजस्तै प्रतिलिटर दूधका आधारमा केही रकम उपलब्ध गराउनुपर्ने उनको सुझाव छ ।

“अनुदान लोक सेवा आयोगले माग्ने निवेदनजस्तो नभई व्यवसाय शुरुआत गर्दा कृषकले थाहा नपाई गोठमा आइपुग्ने किसमको हुनुपर्छ”, उनले भने, “यस्तो अनुदान पनि पशु बीमा जस्तै ७५ प्रतिशत सरकार र २५ प्रतिशत हामी कृषकले बुझाए पुग्ने जस्तै हुनुपर्छ ।” उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गर्न सकेमा किसानमा अझै ठूलो हौसला मिल्ने उनको सुुझाव छ । रासस

 

मेची भन्सारको राजश्व लक्ष्यभन्दा कम

भद्रपुर, ३ साउन । मेची भन्सार कार्यालय झापाले गत आव २०७५÷७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ । भारतको कोलकाताबाट

पाँचसय म्यानपावर कम्पनी खारेज हुने

काठमाडौं । सरकारले म्यानपावर कम्पनीमाथि कडाई गर्ने तयारी गरिरहेको बुझिएको छ । उनीहरुको धरौटी बढाउने गरी नीति ल्याउन लागेसँगै निर्धारित संख्याभन्दा

तनहुँ समाचारः कफी खेती शुरु

तनहुँ, २ साउन । तनहुँको छिम्केश्वरीपछिको दोस्रो कर्णालीका रुपमा परिचित देवघाट गाउँपालिकाको बैदी ऋषिङथानमा कफी खेती थालिएको छ ।   समुन्द्री सतहबाट

व्यावसायिक जडीबुटी खेतीको भारत निकासी घट्यो

नेपालगञ्ज, २ साउन ।  जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जटीबुडीको खेती हुँदै आएको छ । सरकारले