सुप विश्वविद्यालय तीन महीनादेखि पदाधिकारीविहीन

कञ्चनपुर, २४ चैत । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तीन महीनादेखि पदाधिकारीविहीन अवस्थामा रहेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक भुषण श्रेष्ठ र रजिष्ट्रार प्राध्यापक डा द्विजराज भट्टलाई पदमा रहेर काम नगर्न कुलपतिले पत्र पठाएपछि विश्वविद्यालय पदाधिकारीविहीन बनेको हो ।

पदीय मर्यादाविपरीत काम गरेको भन्दै गत पुस २६ गते कुलपतिको कार्यालयबाट उपकुलपति र रजिष्ट्रारलाई पदमा रहेर काम नगर्न उल्लेख गर्दै पत्र पठाइएको थियो । तीन महीना भइसक्दासमेत सरकारले निणय गर्न नसक्दा विश्वविद्यालय पदाधिकारीविहीन अवस्थामा पुगेको विश्वविद्यालयका प्रवक्ता तथा सूचना प्रमुख गोविन्दबल्लभ पन्तले बताए ।

उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्ट विश्वविद्यालयमा नियुक्ति पाएदेखि नै कार्यस्थल केन्द्रीय कार्यालय महेन्द्रनगरमा नबसी काठमाडौँमा बसेर तलब बुझ्ने गरेको, इमान्दारीपूर्वक काम नगरेको, पद अनुकूलको आचारण नगरेको, तालीम र भ्रमणभत्ताकै नाममा विश्वविद्यालयको बजेट मनपरी लिने गरेको भन्दै विवादमा परेका थिए ।

विवादमा आएपछि सरकारले गत पुसमा दुबैलाई पदमा रहेर काम नगर्न भन्दै पत्र पठाएको हो । गत माघ २० गते आएको छानबिन टोलीले उपकुलपति र रजिष्ट्रारका काम कारवाहीका बारेमा छानबिन गरेर माघ २६ गते उक्त छानबिनको प्रतिवेदन सरकारलार्ई बुझाएको थियो ।

छानबिनको प्रतिवेदन अध्ययनपछि उपकुलपति र रजिष्ट्रारको कामकारवाहीको निर्णय गर्ने भनिए पनि हालसम्म सरकारले उपकुलपति र रजिष्ट्रारको टुङ्गो लगाउन सकेको छैन । सरकारले निर्णय नगर्दा उपकुलपति र रजिष्ट्रारबाट सम्पादन हुने कामलगायत विश्वविद्यालयको सम्पूर्ण आर्थिक गतिविधि प्रभावित भइरहेको पन्तले बताए ।

यसैगरी, गत माघ २३ गते परीक्षा नियन्त्रक भाष्करदत्त जोशीको तीनवर्षे कार्यकाल पूरा भएपछि हाल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय पनि नेतृत्वविहीन अवस्थामा छ । सरकारले उपकुलपति र रजिष्ट्रारलाई नै पदमा नराखेपछि उनीहरुकै सहमतिमा नियुक्त हुने परीक्षा नियन्त्रक पनि हालसम्म नियुक्त हुननसकेको पन्तले बताए । परीक्षा नियन्त्रण कार्यालय सहपरीक्षा नियन्त्रकको भरमा सञ्चालनमा छ । रासस

 

वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड

चितवन, ३ साउन । भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् ।    

खजुरा र लिवाङमा कृषि क्याम्पस सञ्चालन हुने

चितवन, २ साउन । कृषि तथा वन विज्ञान विश्वविद्यालयलले आउँदो शैक्षिक सत्रबाट दुई वटा आङ्गिक क्याम्पस थप गर्ने भएको छ । बाँकेको खजुरा र रोल्पाको

 जान्नैपर्ने दस कुराः जीवनमा के गर्नुपर्छ र के गर्नु हुँदैन ?

मानिसले आफ्नो जीवनमा के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने विषयमा आचार्य चाणक्यका दसवटा विचारः १.  मूर्खसँग कहिल्यै विवाद नगर्नुहोस् मूर्ख

  प्रधानमन्त्रीको पाइलट प्रेम

काठमाडौं । “खेत बेचेर पाइलट बनेका छन् तर हवाइजहाज छुन पनि पाउँदैनन् । पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ ।” मुलुकका शैक्षिक बेरोजगारी