आगलागीमा सम्पत्ती गुमाएकालाई छोरीको विवाहको चिन्ता

लहान, १४ चैत । छोरीको विवाहका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको सुरुङ्गा नगरपालिका– ९ प्रमाणपुरका एक परिवार अहिले ठूलो बिजोगमा परेको छ । 

धुमधामका साथ छोरीको बिहे गर्छु भन्ने ठूलो सपना देखेका प्रमाणपुरका स्थानीय विद्यालाल मण्डलको परिवार विवाह कसरी गर्ने भन्ने चिन्तामा डुबेको हो । यही चैत २ गते अचानक भएको आगलागीमा छोरीको विवाहका लागि साहुमहाजनसँग ऋण लिएर जोहो गरेको नगद रु तीन लाख र सुनचाँदीको गरगहना तथा अन्नपातलगायतका सबै समान आगलागीमा जलेर नष्ट भएपछि यतिबेला बिजोगमा परेको विद्यालालले बताए । 

“बिहेको सबै तयारी हुँदै थियो, समान पनि किनेर घर भित्र्याइसकेको थिएँ”, उनी भन्छन्, “तर अचानक बस्तीमा आगलागी भयो, घरको सबै सामान जलेर खरानी भएपछि ठूलो सङ्कटमा परेको हुँ ।” आगलागीमा न त टाउको लुकाउने रह्यो न त एक मुठी अन्न नै, अब कसरी छोरीको विवाह गर्ने भन्ने ठूलो चिन्तामा परेको उनी सुनाउँछन् । 

विद्यालालको तीन छोरीमध्ये जेठी छोरी मञ्जु कुमारीको यही वैशाख ४ गते सिरहाको लहान नगरपालिकास्थित ब्रह्मान गोर्छारीमा तय गरिएको छ । बिवाह नजिकिँदै गएका बेला एक्कासी आगलागीले घरबारविहीन बनाइएपछि उनको सात जनाको परिवार त्रिपालमुनि दिन बिताउँदै आएका छन् । स्थानीय बद्री मण्डलको घरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा विद्यालालसहित स्थानीय आठ परिवारको १० वटा घर जलेर नष्ट भएको थियो । 

यसैबीच आगलागीबाट घरबारविहीन भएपछि छोरी विवाहको चिन्तामा डुबेको विद्यालालको परिवारलाई बुधबार नेपाल जनउत्थान प्रज्ञा समाज सप्तरीले आर्थिक सहयोग प्रदान गरेको छ । आगलागी भएको दुई दिनपछि नै चामल, दाल, कपडालगायतको राहत सहयोग गरेको समाजले आज छोरीको विवाहमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ विद्यालालको परिवारलाई नगद रु ५० हजार प्रदान गरेको हो । समाजका अध्यक्ष मो अल्लाउदीन र सुरुङ्गा नगरपालिका–९ का वडाध्यक्ष पुथ्वीविलास चौधरीले विद्यालाललाई सो नगद प्रदान गरे । आर्थिक अवस्था कमजोर रहेकाले छोरीको विवाह गर्न समस्या भएको पीडित परिवारको बेदना सुनेर आर्थिक सहयोग गरेको समाजका अध्यक्ष मो अल्लाउदीनले बताए । समाजले सो बस्तीका अग्निपीडित परिवारको समस्यालाई मध्यनजर गरी बस्तीमा तीन थान ट्युबेलसमेत जडान गरिदिएको छ । रासस

पराजुली र सङग्रौलालाई शिक्षा पुरस्कार

काठमाडौं । आजको मिडिया नामक सञ्चार माध्यमले ‘१५औँ राष्ट्रिय शिक्षा वाईवाई पत्रकारिता पुरस्कार –२०७६’ घोषणा गरेको छ । उक्त मिडियाले आज यहाँ

सिन्धुलीको सुनुवार बस्ती पहिरोको जोखिममा

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ स्थित भालुभञ्ज्याङको सुनुवारबस्ती पहिराको उच्च जोखिममा परेको छ । लगातारको वर्षाका कारण उक्त बस्तीको धेरै

न्यून बजेटले १४० खानेपानी आयोजना रोकिए

काभ्रेपलाञ्चोक, ६ साउन । आर्थिक वर्ष २०७५/०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा