कथाकी वेश्या र वामपन्थी सरकार

एक दिन एकजना सन्त बजारको बाटो हुँदै आफ्नो गन्तव्यतिर जाँदै थिए । बजारको बीचमा एउटा ठूलो चोक थियो,जहाँ धेरै मान्छे जम्मा भएर खैलाबैला गरिरहेका थिए । मान्छेहरुको भिड र खैलाबैला थाहा पाएपछि ती सन्तलाई पनि के भैरहेको रहेछ हेर्न मन लागेर नजिकै गएछन् । भिडको बीचमा एक महिला थिइन्,उनी पीडाले चिच्याईरहेकी थिइन् । सारा भिडले उनीमाथि चिच्याउँदै ढुङ्गा बर्साइरहेको थियो । उनीहरु भन्दैथिए– यो आइमाई बेश्या हो, यसलाई हाम्रो समाजमा बाँच्ने हक छैन, यसलाई ढुङ्गाले हानेर मार्नुपर्छ र इश्वरले हामीलाई मार्नको निमित्त आदेश दिनुभएको छ । उक्त समाजमा कोही आइमाईलाई बेश्याबृत्ती गरिरहेको अवस्थामा फेला पारे चोकमा ल्याएर मार्ने सामाजिक चलन पनि थियो ।


त्यस अवस्थाकै बीच ती सन्त पनि भिडमा मिसिएको अन्य मानिसहरुले पनि देखे । उनिहरुलाई सन्तले के भन्दा रहेछन् भनी जाँच्न पनि मन    लागेछ । तिनिहरुमध्येबाट एकजना शिक्षित र टाठोबाठो मानिसले सोधे– ओ सन्तजी ,भन्नुहोस्, यो नारीलाई के सजाय दिने हो, तपाईं त ईश्वरको सेवक हुनुहुन्छ,भन्नुहोस यसलाई के सजाय दिने हो ?  सन्तले स्वभावत नम्र भएर सोधे– ‘यी नारीले के गल्ती गरिन् र, तपाईंहरु यसरी मार्न खोज्दै हुनुहुन्छ ?’ भिडले फेरि चिच्याउँदै भन्यो– यो आइमाईलाई हामीले बेश्याबृत्ती गर्दागर्दै समातेका हौं र यसलाई हाम्रो कानुन अनुसारबीच चोकमा ल्याएर ढुङ्गाले हानेर मार्दैछांै । लौ भन्नुहोस यसलाई दिइएको सजाय उचित छ वा छैन ।

यो सबै देखेर सन्तलाई ती नारी प्रति दया जागेर आयो । उनी उसको प्राण जोगाउन चाहन्थे तर समाजले बनाएको कानुनको विरुद्ध पनि जान सक्दैनथे । भिड चिच्याइरहेको थियो । यस्तैमा ती सन्तले जोडले चिच्याएर, सबैजना चुप लाग्नुस् र मेरो कुरा सुन्नुहोस्, भनेर भने । भिडको स्वर भन्दा पनि ती सन्तको स्वर उच्च सुनिएको हुनाले भिड स्तब्ध हुँदै चुप लाग्यो तर पिडामा छट्पटाई रहेकी ती नारीको आर्तनाद रोकिएको थिएन । ती सन्त अझ जोडले चिच्याउँदै भन्न थाले–‘हो यो नारीले पाप गरेकी छ,किनभने यसले बेश्याबृत्ती गरि, सो अनुसार यो चोकमा ल्याएर ढुङ्गा हानेर मारिनै पर्छ,तर ढुङ्गा त्यसले मात्र हानोस् जसले जीवनभर ब्यभिचार गरेको छैन । पवित्र जीवन बाँचेको छ ।’

त्यसपछि भिडमा गुनगुन,खासखुस कुराहरु भए । एकछिनपछि बिस्तारै भिड हराएर तितरबितर भयो । वास्तबमा त्याहाँ जति जम्मा भएका थिए,सबैले ब्यभिचार गरेका थिए र कोही पनि पवित्र थिएनन् । त्यसपछि ती सन्तले नारीतर्फ फर्केर भने–‘तिमी आफ्नो ठाउँमा जाउ र मेहनत गरेर खाउ,फेरि यस्तो काम नगर ।’

यो कथा पढीसकेपछि पाठकका मनमा पनि बिचारको आँधीबेहरी चल्यो होला । वास्तवमा यसको सन्देश के हो ? यसलाई आजको सन्दर्भमा कसरी बुझ्ने ? यही आजकै सन्दर्भमा एउटा सानो कोसिस गरेको छु ।

आज देशमा नेकपाको दुई तिहाइ सहितको सरकार छ । यो पार्टी एमाले र माओवादीको एकता पश्चात बनेको हो र यसको नेतृत्वमा केपी ओली र प्रचण्ड छन् भन्ने कुरो त जगजाहेर नै छ । ओली झापा सशस्त्र आन्दोलन,त्यसपछि जेल हुँदै राजनैतिक यात्रा कायम राख्दै आजको अवस्थासम्म आएका हुन् भने प्रचण्ड त्योभन्दा पनि भिषण सशस्त्र युद्धको पृष्ठभूमि र शान्ति सम्झौताको लौरो टेकेर यो अवस्थासम्म आइपुगेका छन् । प्रचण्डले नेतृत्व गरेको पार्टीबाटै बिद्रोह गरेर गएको समूह नेकपा नै गठन गरि अहिलेको ब्यवस्था नमान्ने शक्तिको रुपमा दरिएको छ । उनिहरु बर्तमान सत्ताको विरुद्ध त छन् तर सशस्त्र युद्ध घोषणा गरिहालेको स्थिति छैन । तैपनि ओली र प्रचण्ड नेतृत्व बिप्लबहरुलाई उही कथामा उल्लेख गरिएकी नारीलाई झैं झम्टीरहेका छन्,चिथोरीरहेका छन् ।

सायद आफ्नो बिगतको पृष्ठभूमि र इतिहासलाई बिर्सिएका झैं लाग्छ,उनिहरुको चिच्याइ सुन्दा !! राज्य विरुद्ध हिंसात्मक आन्दोलनको घोषणा नगरेपनि बिप्लब नेतृत्वको नेकपा पार्टीको कतिपय कार्यक्रम हिंसात्मक छन् । यसमा बिवाद छैन । उनिहरु कथाको पात्र नारी जस्तो पनि होइनन् । त्यो त प्रतीकात्मक मात्र हो । वास्तबमा उनिहरु राजनीतिक आन्दोलनका सिपाही हुन् । तर, अहिंसाप्रतिको प्रेम तिनले दर्शाएको स्वाभाविक र अपेक्षित हुन्छ, जो कहिल्यै हिंसात्मक क्रियाकलापमा संलग्न नभएका हुन् ।

जसको सिङ्गै जीवन–पद्धति र जीवन दर्शन नै अहिंसात्मक होस् । जोकसैले जाँचेर हेरोस्,ओली, प्रचण्ड र बादलको पृष्ठभूमि र इतिहासले के पुष्टि गर्छन् भनेर । युद्ध र रगतको आहालमाथि हातमा तरबार लिएर उभिँदै गौतम बुद्धको उपदेश भट्याएको सुहाउँदैन भने अर्कोतिर बेश्याबृत्तीको आरोपमा समातिएकी नारीलाई ढुङ्गाले हानेर मार्ने जस्तो सजाए बिप्लबलाई दिनको निम्ति पनि उनिहरुलाई नैतिक अधिकार छैन । राजनीतिमा पनि हिंसाको विरोध र अहिंसाको पक्षपोषण गरेको तिनलाई सुहाउँछ जो कहिल्यै हिंसाको पक्षमा थिएनन् । अब अहिले सरकारमा भएकाहरु गान्धी र बुद्धको जस्तो इतिहास बोकेका त होइनन नि !

बादल कै कुरो गर्ने हो भने केही वर्ष अघिसम्म मोहन वैद्य र नेत्र विक्रम चन्द विप्लवसँग एउटै पार्टीमा रहेर ठूल्ठूला क्रान्तिको कुरा गर्ने बादल आज बिप्लबहरुलाई दमन गरेर सिध्याउने रणनीतिमा लागेका छन् । विध्वंश र हिंसा गरिसकेपछि आफू सुरक्षित हुनकै निमित्त मात्र अहिंसाको सहारा लिन खोज्दा हुँडारले शान्ति गीत गाएजस्तो हुँदो रहेछ । त्यसकारण यतिबेला सचेत नागरिक, बुद्धिजीवी, पत्रकार, कलाकारहरुको भूमिका बढेर गएको छ । साँच्चै उनिहरुमाीथको कथामा उल्लेख भए अनुसारको सन्तको भूमिका निर्बाह गर्न सक्छन् । हो, देशलाई युद्धको भुमरीबाट जोगाउनको निम्ति शान्ति र समृद्धिको निम्ति सबैको अधिकार र पहिचान सहितको शान्ति स्थापना हुनैपर्छ । यस्को निम्ति सबैले आफ्नो हठ छोडेर अग्रगमनको निम्ति तयार होउन् । नागरिक समाज, बुद्धिजीवी,पत्रकार,कलाकार आदि पनि कथाको पात्र सन्त जस्तै भूमिका निर्बाह गरुन् ।
 

 लोकतन्त्रको चिरहरण 

बरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले लोकतन्त्र दिवसका दिन आफ्नो फेसबुकमा निकै तिखो प्रतिक्रिया लेखे– ‘लोकतन्त्र दिवसको अवसरमा भन्नुपर्ने एउटै

 प्रेस स्वतन्त्रता र ‘बयलगाडा गणतन्त्र’

सरकार किन प्रेससँग तर्सिरहेको छ ? तर्सिएको होईन भने किन एकपछि अर्को गर्दै पत्रकारविरुध्द वर्षिरहेको छ  त ? अहिले सरकार र प्रेसको सम्बन्धलाई लिएर

ललिता निवासको जग्गा अपचलनका विषयमा

नेपालको प्रजातान्त्रिक आन्दोलनका अप्रतिम नेता तथा दानवीरताका लागि विख्यात सुवर्ण शमशेर जबराले नेपाल सरकारलाई प्रदान गरेको काठमाडौ, बालुवाटारस्थित

प्रधानमन्त्री किन सेना परिचालन गर्न चाहन्छन् ?

नेपालको संविधानले प्रधानमन्त्रीलाई शक्तिशाली कार्यकारीका रूपमा स्थापित गरेको छ । दुई वर्ष अविश्वासको प्रस्ताव राख्न नपाइने प्रावधान स्थिरताका