तिब्बती शरणार्थीका  ६५ जोखिममा

ठिनी । मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोमा रहेको तिब्बती शरणार्थी शिविर सुक्खा पहिरोको जोखिममा परेको छ । 

बस्ती तल रहेको कालीगण्डकी किनार तर्फबाट सुक्खा पहिरो खस्न थालेपछि ६५ घरधुरी तिब्बती शरणार्थीको बसोवास रहेको शिविर जोखिममा परेको हो । सुक्खा पहिरोले सोमबार शरणार्थी शिविरको स्वास्थ्यकेन्द्र भवन र तीन सार्वजनिक शौचालय भत्काएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

आठ घर उच्च जोखिममा परेका छन् । प्रजिअ गङ्गाबहादुर क्षेत्रीको नेतृत्वमा गएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको साथै जनप्रतिनिधि र स्थानीयवासीले उच्च जोखिममा रहेका घरका सामान सुरक्षित ठाउँमा स्थानान्तरण गरेका छन् । 

स्थानीयवासीका अनुसार कालीगण्डकी किनारमा ग्याबियन पर्खाल निर्माणका लागि केही दिन एक्साभेटर (डोजर) प्रयोग गरिएको थियो । एक्साभेटरको कम्पन, किनारमा खनिएको खाडल, कमजोर भू–बनोट र हिउँ पग्लिएपछि जमीन गलेर पहिरो गएको स्थानीयवासीको भनाइ छ । 

पहिरोले मार्फा गाउँ हँुदै छैरो र चिमाङ गाउँजाने पैदलमार्ग बगाएपछि आवतजावतमा कठिनाइ भएको छ । पहिरो नियन्त्रणका लागि कालीगण्डकी किनारमा ग्याबियन पर्खाल निर्माण शुरु गरिएको र जोखिममा परेकालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको प्रजिअ क्षेत्रीले बताउनुभयो । 

कालीगण्डकी नदीले छैरो क्षेत्रमा खेतीयोग्य जमीन कटान गरेको छ । गत बर्खामा कालीगण्डकीले खेतीयोग्य जमीन कटान गरेको थियो । गत महीना मार्फा क्षेत्रमा जमीन भासिएको थियो । रासस

काठमाडौंको सडक जाम पार्दै राष्ट्रपति भण्डारी चीन प्रस्थान

  काठमाडौँ, ११ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छिन् । उनी चीन जाने कारण देखाइ ट्राफीक प्रहरीले

बस दुर्घटना : पाँचको मृत्यु, ३४ घाइते

डोटी, ११ वैशाख । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको

मदिराले धानेको राजश्व

चितवन, ११ वैशाख। आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस

बाह्र वर्षपछि सडक विवाद मिल्यो

जाजरकोट, ११ वैशाख । निर्माणकार्य थालिएको १२ वर्षपछि जाजरकोट–जुम्ला सडकको विवाद मिलाउन कर्मचारीसहित प्रदेशसभा सदस्य गाउँमा पुगेका छन् । विभिन्न