बुहारीको मुख हेराइमा ३ अर्बको उपहार ?

एजेन्सी । भारतमा सेलिब्रेटीहरुको विवाह र यसमा हुने खर्चले राम्रै चर्चा पाउने गरेको छ ।

धनी भारतीयहरुको खर्च गर्ने तरिकाले मिडियामा राम्रै स्थान पाउने गर्दछ । पछिल्लो समय भने मुकेश अम्बानीको छोराको विवाहसँग सम्बन्धीत घटनाहरु आइरहेका छन् । 

भारतीय धनाढ्य मुकेश अम्बानीको छोरा आकाश अम्बानीको विवाह हिरा व्यापारी रसेल मेहताकी छोरी श्लोका मेहतासँग भएको थियो । विवाह ९ मार्चमै भएपनि उक्त विवाहको भोज–भतेर, सेलिब्रेटीहरुको आगमन जस्ता विषयले हालसम्म पनि धेरैको ध्यान तानिरहेको छ । 

हालै यहि विवाहसँग घटनाले भारतीय मिडियामा तिब्र चर्चा पाइरहेको छ । मुकेशकी पत्नी नीता अम्बानीले आफ्नी बुहारीको लागि किनिदिएको महँगो उपहारको कारण चर्चा चलेको बताइन्छ । 

वुमेन्सएरा पत्रिकाले लेखे अनुसार नीताले बुहारी श्लोकाको मुख हेर्ने कार्यक्रमको लागि ३ अर्ब भारतीय रुपैंयाको हिराको नेकलेश दिएकी छिन् ।

अरुले दिएको भन्दा पृथक उपहार दिन खोजेकी नीताले अन्ततः नयाँ बुहारीको लागि त्यस्तो अद्भुद र महँगो उपहार दिएको बताइएको छ । 

उक्त उपहार पाएपछि श्लोका दंग परेको बताइन्छ । प्रख्यात हिरा व्यापारीको छोरीलाई अब्बल हिराको हार दिन पाउँदा नीता पनि सन्तुष्ट रहेको खबर आएको छ । त्यसबाहेक नीताले आफ्नो परिवारको पुख्र्यौली सुनको हार पनि नयाँ बुहारीलाई दिएकी छिन् । 

त्यस्तै आकाशकी बहिनी ईशा अम्बानीले पनि आफ्नी नयाँ भाउजु र दाइलाई शानदार बंगला उपहार दिएकी छिन् । 

चर्चित सेलिबे्रटीसँगको हेलमेल, भब्य खर्च र राम्रो मिडिया कभरेजले अम्बानी र मेहता परिवार दंग रहेको पनि दाबी गरिएको छ । 


 

दुई वर्षपछि ‘गुत्थी’ कपिल शर्मा शो मा

एजेन्सी । कुनै समय कमेडियन कपिल शर्माको मनोरञ्जनात्मक कार्यक्रमको अभिन्न अंग बनेका कलाकार सुनील ग्रोवर ‘गुत्थी’ दुई वर्षको अन्तरापछि फेरी उक्त

चर्चित बलिउड हस्ती अहिले यस्ता काममा व्यस्त

एजेन्सी । बलिउडमा लागेर अनन्तकालसम्म सफलताका साथ कामगर्ने भाग्य थोरै स्टारहरुले मात्र पाउँछन् । अमिताभ बच्चन, शाहरुख खान, सलमान खान, आमीर खान जस्ता

सलमानको फिल्मलाई शाहरुखको यस्तो प्रतिक्रिया

एजेन्सी । बलिउड स्टार सलमान खानको बहुप्रतिक्षित फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त ट्रेलर सार्वजनिक भएसँगै सोसल मिडियामा यसबारे

पहिले ‘रिजेक्ट’ भएकी आलीया अहिले भंशालीकै फिल्ममा ?

एजेन्सी । लगातार सफल फिल्महरुमा काम गरेकी आलीया भट्ट अहिले चर्चाको शिखरमा छिन् । बलिउडमा स्टार परिवारबाट आएकी नायिका भएको कारण पनि आलीयाको यस्तो