मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा

वासिङ्टन, १२ चैत । अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा गरेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपतकालीन स्थितिको घोषणा गरी प्रतिरक्षा बजेट सीमामा पर्खाल निर्माण गर्ने विवादास्पद निर्णय गरेका थिए । 

राष्ट्रपति ट्रम्पको सीमा पर्खालका निम्ति संसदबाट बजेट स्वीकृत भएको छैन भने आपतकालीन घोषणाप्रति पनि अमेरिकी कङ्ग्रेसमा सहमति जुट्न सकेको छैन । 

विपक्षी डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिले संवैधानिक प्रावधानलाई दुरुपयोग गरी विशेषाधिकार (भिटो) प्रयोग गरेको भन्दै अदालतमा उजूरी समेत दिएको छ । 

अमेरिकी गृह विभागले रक्षा मन्त्रालयलाई मेक्सिको सीमामा ९२ किलोमिटर पर्खाल निर्माण गर्न अनुरोध गरिसकेको छ । प्रस्तावअनुसार पर्खाल निर्माणसँगै सडकको स्तरोन्नति गर्ने तथा तारबार र प्रकाशको उचित व्यवस्था गरिने छ । 

ह्वाइट हाउसले सन् २०२० को बजेट प्रस्तावमा पर्खाल निर्माणका लागि महत्वाकाँक्षी करिब ९ अर्ब डलर माग गर्ने तयारी गरेको छ । यसै वर्ष राष्ट्रपति ट्रम्पले करिब ६ अर्ब डलर माग गरेका थिए । तर अमेरिकी संसदले राष्ट्रपतिको उक्त प्रस्ताव अस्वीकार गरिरहेको छ । राससरएएफपी

श्रीलंका विस्फोटमा बंगलादेशकी प्रधानमन्त्रीको ८ वर्षिय नातेदारको मृत्यु

एजेन्सी । श्रीलंकामा गत आइतबार भएको बम विस्फोटमा बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसीनाको नाती नाताका बालकको मृत्यु भएको थाहा भएको छ । उक्त

फिलिपिन्समा भूकम्प, ११ को मृत्यु

मनिला, १० बैशाख । मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६.२ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले

भारतमा तेस्रो चरणको चुनाव आज, बिहानैदेखि मतदान शुरु

नयाँदिल्ली, १० वैशाख । भारतको तल्लो सदन लोकसभाका लागि तेस्रो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार १४ राज्य र एउटा केन्द्र शासित

कमेडियन जेलेन्स्की युक्रेनको राष्ट्रपति पदमा विजयी

किभ, ९ बैशाख । युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी भएका छन् । उनले वर्तमान राष्ट्रपति पेट्रो