नेपालमा हिन्दी सम्मेलन हुने

जनकपुरधाम, १२ चैत । यही चैत २० र २१ गते जनकपुरधाममा १८ औँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन हुने भएको छ । नेपाल राष्ट्रिय हिन्दी सम्मेलनद्वारा आयोजना हुने सो सम्मेलनमा हिन्दी भाषाबारे विचारविमर्श, कविगोष्ठी र स्रष्टालाई सम्मान गरिने जनाइएको छ । 

सो अवसरमा यस वर्षको राजर्षि जनक प्रतिभा पुरस्कार डा रामदयाल राकेशलाई प्रदान गरिने निर्णय गरिएको सम्मेलनका अध्यक्ष एवं वरिष्ठ पत्रकार राजेश्वर नेपालीले जानकारी दिए । सो पुरस्कारको राशि रु ५५ हजार ५५५ छ । 

त्यस्तै सम्मेलनमा नेपालका १० र भारतका दुई स्रष्टालाई सम्मान गरिने बताइएको छ । सम्मानित हुनेहरूमा सिरहाका यमुनाप्रसाद पञ्जियार, धनुषाका जनकनन्दिनी शरण, महोत्तरीका महेश्वर राय, सर्लाहीका वीरेन्द्र मिश्र, रौतहटका प्रभा सिंह, पर्साका सतीशचन्द्र सजल, नवलपरासीका देशबन्धु यादव, कपिलवस्तुका मनोजकुमार ओझा र बाँकेका दिवेशकुमार मिश्र तथा भारतका रामचन्द्र राय र गौरकान्त झा रहनुभएको अध्यक्ष नेपालीले बताए । रासस

अनियमितताको आरोप लागेका वृद्ध पूर्वकर्मचारीद्वारा आत्महत्या

काठमाडौं, ३ साउन । अनियमितताको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका पूर्वकर्मचारीले आत्महत्या गरेका छन्। कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको

मनसुनको सक्रियता सामान्य हुँदै

काठमाडौँ, ३ साउन । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको

बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुर, ३ साउन । एक साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई महालक्ष्मी नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । महालक्ष्मी–१०

छतबाट खसेर मृत्यु

भक्तपुर, ३ साउन । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ ।  तीनतले घरको छतमा चिप्लिएर लडेपछि