अश्विनले विवादास्पद रुपमा बटलरलाई आउट पारेपछि..


एजेन्सी । सोमबार राती इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको किंग्स ११ पंजाब र राजस्थाल रोयल्स बिचको खेलमा जोश बटलर आउट भएको विषय विवादित बनेको छ ।

पंजाबले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान बलियो अवस्थामा रहेको थियो । त्यस्तोमा हतास भएका पंजाबका बलर रवि चन्द्रन अश्विनले ६९ रन बनाएर खेलिरहेका जोश बटरललाई क्रिकेटको नियममा रहेको छिद्र अर्थात् म्यानकेडिङ मार्फत् आउट पारे ।

बलरले बल फाल्नुअघि ब्याटसम्यानले क्रिज छोडेमा बलरले रनआउट पार्न सक्ने क्रिकेटको नसुहाउँदो नियम सामान्यतया खेलाडीहरुले प्रयोग गर्दैनन् । अझ विशेषगरी ठुला क्रिकेट राष्ट्रका नाम चलेका खेलाडीहरु यस्तो लज्जास्पद कार्य गर्न हिच्कीचाउने गर्दछन् ।

क्रिकेटको नियमकै परिधि भएपनि खासै प्रयोग नगरिने यस्तो कार्य गरेको अश्विन आलोचनाका शिकार भएका छन् । सामाजिक संजालमा उनको यस

कर्तुतको विरोध भएको छ । केहि भारतीयहरुले यसलाई सामान्य भनेपनि क्रिकेट बुझ्नेहरुले यसलाई सही कदम मान्न सकिरहेका छैनन् ।
अश्विनले रनआउट गरेर अपिल गरेपछि बटलर र अश्विनको भनाभन भएको थियो ।

कतिपयले अश्विनलाई युवाको लागि सहि उदाहरण बन्न नसकेको भनेका छन् भने कतिपयले उनलाई भविष्यमा पछुताउनु पर्ने भनेका छन् । धेरैले यो कदम विश्वास गर्न नसकिने बताइरहेका छन् ।

अश्विनले भने यसरी बटलरको विकेट लिएकै कारण पंजाबले खेल १४ रनले जित्न सफल भएकोले अश्विनले आफुले सहि कदम गरेको दाबी गरेका छन् ।

 

 

मलेसियालाई हरायो नेपालले, अर्को खेल बिहिबार

काठमाडौं, ११ वैशाख । एसियाली क्षेत्रको यू १६ स्तरको प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन नेपालले मलेसियामाथी विजय पाएको छ ।  थाइल्याण्डमा जारी

तङ्ग्रिदै भूकम्पले क्षतिग्रस्त बनाएका खेल संरचना

काठमाडौँ, ११ वैशाख । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी ‘गोरखा भूकम्प’ का कारण क्षतिग्रस्त खेलकूदका संरचना क्रमिकरूपमा पुनःनिर्माण हुँदैछन्

आठौँ खेलकूद : नेपाली खेलकूदको युग परिवर्तन

राँझा, ११ वैशाख । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता ऐतिहासिक रुपमा आज सम्पन्न हुँदैछ । पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक

अन्तर्राष्ट्रिय कराँतेमा नेपाल चम्कियो, २० स्वर्णपदक सहित समूह विजेता

पटना, ११ वैशाख ।  २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ