चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ घाइते

काठमाडौँ, १२ चैैत । चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नंको यात्रुवाहक बस आज बिहान ७ बजे चाल्नाखेलस्थित हात्तीवनमा दुर्घटना हुँदा २४ यात्रु घाइते भएका हुन् । बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा दुर्घटना भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २४ मध्ये १२ को मनमोहन अस्पताल स्वयम्भू र १२ जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । रासस

अनियमितताको आरोप लागेका वृद्ध पूर्वकर्मचारीद्वारा आत्महत्या

काठमाडौं, ३ साउन । अनियमितताको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका पूर्वकर्मचारीले आत्महत्या गरेका छन्। कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको

मनसुनको सक्रियता सामान्य हुँदै

काठमाडौँ, ३ साउन । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको

बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुर, ३ साउन । एक साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई महालक्ष्मी नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । महालक्ष्मी–१०

छतबाट खसेर मृत्यु

भक्तपुर, ३ साउन । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ ।  तीनतले घरको छतमा चिप्लिएर लडेपछि