राजा महेन्द्रको पूजा कोठामा नित्य पूजा गर्छिन् अनिमात्र खान्छिन् मुमा बडामहारानी रत्न

काठमाडौँ, १२ चैत । नारायणहिटी दरबारभित्र रहेको महेन्द्र मञ्जिलमा तीनवटा जिउँदो र चारवटा मारिएका कुखुरा पु¥याइएको छ । तत्कालीन बडामहारानी रत्न शाह पछिल्लोपटक बिरामी भएपछि रेखदेखका लागि शाही परिवारका थुप्रै सदस्य बिहान ६ बजेदेखि राति १० बजेसम्म महेन्द्र मञ्जिलमा भेला हुनेगरेका छन् । 

उनीहरूका लागि अचेल दैनिकजसो कुखुरा महेन्द्र मञ्जिलमा पु¥याइने गरिएको छ । शाह केही समयअघि राजधानीको नर्भिक अस्पतालमा भर्ना भई स्वास्थ्य लाभपछि दरबार फर्कनुभएको छ ।

तत्कालीन बडामहारानी रत्न शाहले राजा महेन्द्रको निधनपछि मासु खान छोडिसक्नुभएको छ । मासुका साथै अन्य खानेकुरा पनि अधिक परिमाणमा जाने गरेको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहकी कान्छी बहिनी शोभा शाहको परिवार, ज्ञानेन्द्रका छोरा पारस, तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहका छोरी तथा आफन्तजनको दैनिक ओइरो लाग्दैआएको दरबार सूत्रले जानकारी दिएको छ । 

एक साता अस्पतालको बसाइपछि दरबार फर्किनुभएकी रत्न शाहलाई बढीजसो शोभा शाहले रेखदेख गर्दै आउनुभएको छ । दुईजना नर्स पनि खटाइएको छ भने चिकित्सक खगेन्द्रबहादुर श्रेष्ठ नियमित दरबार पुग्ने गर्नुभएको छ ।

रत्न शाहका एक सहयोगीले भन्नुभयो, “सरकारहरुले कुखुराको छातीमात्र खाइबक्सिन्छ, बाँकी भाग तिमीहरू पकाएर खाओ भनेर हामीलाई दिइबक्सिन्छ ।” बिहान ११ बजे उठ्ने र राति १० बजेतिर सुत्ने गर्नुभएकी रत्न शाह स्नानपछि राजा महेन्द्रले निर्माण गर्न लगाउनुभएको भजन घरभित्र रहेको मन्दिरमा पूजापाठ गर्नुहुन्छ । 

त्यसपछि दूध खाने गर्नुभएको छ । साँझ ५ बजेतिर एक, दुई चम्चा भात खाने गर्नुभएको छ भने सुत्नुअघि पनि त्यतिकै परिमाणमा भात खाने गर्नुभएको छ । “उमेरले गर्दा उहाँको खाने मात्रा घटेको छ” ती सहयोगीले भन्नुभयो । रत्न शाह अहिले ९१ वर्ष पुग्नुभएको छ ।

महेन्द्र मञ्जिलमा बाहिरबाट सामग्री लैजाने पद्धति पुरानै छ । दैनिक मिठाइ ल्याउन एकजना हलुवाइलाई जिम्मा दिइएको छ । मासु ल्याउने जिम्मा, खाद्यान्न ल्याउने जिम्मा फरक–फरक व्यक्तिले पाएका छन् । सामग्रीलाई ढोकासम्म पु¥याएपछि ढोकामा बस्ने जिम्मेवारी पाएका (ढोके) ले भित्र लिएर जाने चलन छ । 

ढोकामा बस्नेले घण्टी बजाएर महेन्द्र मञ्जिलभित्रका सहयोगी (सुसारे) लाई जनाउँ दिन्छन् । उनीहरूले सामग्रीलाई भान्सा वा भण्डारमा लैजाने चलन छ । अन्य सामग्री आवश्यक परेकाबेला महेन्द्र मन्जिलमा पु¥याइने भए पनि मिठाइ र भुजिया दैनिक लग्ने गरिएको छ । पूजाका लागि मिठाइ र भुजिया लग्ने गरिएको छ । सामग्री लैजानेहरुको यो पुस्तैनी जिम्मेवारी हो । उनीहरुले त्यसवापत अचेल ज्याला पाउने गरेका छैनन् ।

सहयोगीहरूका अनुसार दरबार हत्याकाण्डपछिको केही अवधिसम्म साप्ताहिक जमघट बन्द भएको थियो । त्योबेला शुक्रबार शाही परिवारको जमघट हुन्थ्यो भने हाल हरेक बिहीबार त्यस्तो कार्यक्रमको आयोजना महेन्द्र मन्जिलभित्र हुनेगरेको छ । 

रत्न शाह विरामी हुनुभएपछि हाल यस्तो कार्यक्रम स्थगित भएको बताइएको छ । परम्परादेखि चल्दै आएको पदहरू सुसारे, ब्वाइ, ढोके, भान्से आदि पदमा २५ जना कर्मचारी अहिले पनि खटिदै आएका छन् । उनीहरुका लागि रत्न शाहकै खर्चमा खानाको व्यवस्था तथा पारिश्रमिक दिने गरिएको छ । 

तत्कालीन राजा वीरेन्द्रले किन्न पठाउनुभएको पानी ट्याङ्करले अहिले पनि पानी बोक्दै आएको छ । मुलुकमा लोकतन्त्र आएपछि महशुल नतिरेको भन्दै खानेपानीको पाइप लाइन कटौती गरिएपछि त्यही ट्याङ्करले पानी बोक्दै आएको छ । 

पिउने पानी नागार्जुनबाट र अन्य प्रयोजनको पानी निर्मल निवासबाट ओसार्ने गरिएको छ । निर्मल निवासबाट बोरिङ्को पानी ल्याइने गरिएको छ । महशुल नतिरेको कारण टेलिफोन लाइन कटौती गरिएपछि दरबारका पूर्वसचिव शम्भुप्रसाद अधिकारीको व्यक्तिगत टेलिफोन लाइन जोडिएको   छ । (गोरखापत्र दैनिकबाट)

नारायणीमा दशैँदेखि पानीजहाज

चितवन  । नारायणी नदीमा सञ्चालन गर्न चार महिनादेखि निर्माणाधीन क्रुज (मिनी पानीजहाज)लाई नदीमा राखिएको छ । पानीबाहिर राखेर निर्माण गरिँदै आएको

मुलुकबाट बाहिरियो ९१ अर्ब

काठमाडौँ — गत जेठसम्म मुलुक भित्रने भन्दा ९१ अर्ब रुपैयाँ बढी रकम बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको ११ महिने ‘देशको

कता हरायो उपत्यकाका नदी सङ्लो पार्ने योजना ?

काठमाडौं । बढ्दो शहरीकरण, तीव्र जनसंख्या वृद्धि लगायत कारणले काठमाडौं उपत्यकाका नदी तथा विभिन्न खोला नाला दैनिक दुर्गन्धित बनिरहेको छ । दुर्गन्धित

कांग्रेसमा कोइराला परिवारको सक्रियता

काठमाडौं : कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको संघारमा सुशीलको निधन भएपछि कोइराला परिवार