घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते


 

चितवन, १२ चैत । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा तीन घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो । 

राति १० बजे मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो । घाइतेमध्ये गम्भीर रहेका तनहुँको दमौलीका अन्दाजी २५ वर्षीय निशान परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुईको अवस्था सामान्य रहेको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार गराइएको छ । बसमा चालक र सहचालक मात्र रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो । रासस

काठमाडौंको सडक जाम पार्दै राष्ट्रपति भण्डारी चीन प्रस्थान

  काठमाडौँ, ११ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छिन् । उनी चीन जाने कारण देखाइ ट्राफीक प्रहरीले

बस दुर्घटना : पाँचको मृत्यु, ३४ घाइते

डोटी, ११ वैशाख । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको

मदिराले धानेको राजश्व

चितवन, ११ वैशाख। आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस

बाह्र वर्षपछि सडक विवाद मिल्यो

जाजरकोट, ११ वैशाख । निर्माणकार्य थालिएको १२ वर्षपछि जाजरकोट–जुम्ला सडकको विवाद मिलाउन कर्मचारीसहित प्रदेशसभा सदस्य गाउँमा पुगेका छन् । विभिन्न