एमबाप्पेलाई कुनै क्लबले किन्न नसक्ने मौरिन्होको दाबी

एजेन्सी । विश्व फुटबलमा विवादित र सफल प्रशिक्षकको परिचय बनाएका होसे मौरिन्होले फ्रान्सेली फुटबलर किलियन एमबाप्पेलाई कुनै क्लबले किन्न नसक्ने बताएका छन् ।

मौरिन्होको अनुसार एमबाप्पे अहिले विश्वकै अब्बल र उच्च महत्व भएका खेलाडी हुन् । भर्खर २० वर्ष उमेर पुगेका उनले अहिले पाएको सफलताको सूचीका कारण पनि मौरिन्होको यस्तो भनाइ आएको बुझिएको छ ।

सन् २०१७ मा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले एमबाप्पेलाई करिब १८० मिलियन यूरोमा मोनाकोबाट खरिद गरेको थियो । त्यसबेलानै उनी सो उमेरको सबैभन्दा महँगा खेलाडी बनेका थिए भने नेमार पछिका विश्वकै सबैभन्दा महँगा खेलाडी पनि बन्न सफल हुन सकेका थिए ।

पछिल्लो समय अझै निखारिएका एमबाप्पेले फ्रान्सको राष्ट्रिय टोलीलाई सन् २०१८ को विश्वकपको उपाधिनै दिलाए भने लिग १ को यस सिजनमा आफ्नो क्लबको लागि २३ खेलमा २६ गोल गरिसकेका छन् ।

यस्तोमा मौरिन्होले एमबाप्पेलाई क्रिस्टियानो रोनाल्डो र लियोनय मेस्सीभन्दा बढि महत्वपूर्ण खेलाडी रहेको र विश्वका ठुला क्लबहरुले पनि उनलाई किन्न नसक्ने बताएका हुन् ।

मौरिन्होले केनल प्लससँग कुरा गर्दै भने, ‘उनी (एमबाप्पे) अहिले विश्वकै उत्कृष्ट खेलाडी हुन् भन्दिन, तर उनी विश्व फुटबलको लागि सबैभन्दा बढि बजार भाउ भएका खेलाडी हुन् । ’

उनले थपे, ‘म कुनै क्लबको मेनेजर थिएँ भने, म किलियन एमबाप्पेलाई खरिद गर्ने विषय सोच्ने पनि थिइन । किनभने उनि खरिद गर्न सकिने र पाउन सकिने नै होइनन् । यदि उनलाई कसैले खरिद गर्न कोसिस गर्छ भने, तिनीहरुलाई शुभकामना । ’

एमबाप्पे सन् २०२० को यूरो कपको छनौटको लागि फ्रान्सेली टोलीसँगै छन् । उनले फ्रान्सको पछिल्लो मोल्डोभा विरुद्धको खेलमा पनि गोल गर्दै टोलीलाई ४–१ ले जिताएका छन् ।

फ्रान्सले आगामी खेलमा आइसल्याण्डको सामना गर्ने तालिका रहेको छ ।

 

इंग्लिस खेलाडी बेन स्टोक्स न्यूजिल्याण्डको अवार्डमा मनोनित ?

एजेन्सी । इंग्ल्याण्डको तर्फबाट विश्वकप खेल्दै न्यूजिल्याण्डलाई हराउँदा नायक बनेका बेन स्टोक्सलाई न्यूजिल्याण्डको अवार्डको लागि मनोनित गरिएको छ

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्

काठमाडौँ, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ ।     इङ्गल्याण्डको लण्डनमा

पोग्बालाई युभेन्टस फर्काउन तीन खेलाडी दिने प्रस्ताव

एजेन्सी । फुटबल क्षेत्रको ठुला नाम भित्र्याउँदै क्लबमा सटिक सन्तुलन मिलाउन प्रयासरत इटालीयन क्लब युभेन्टसले पल पोग्बालाई क्लबमै फर्काउन बलियो

आईसीसीको निर्णयले जिम्बाब्वे निलम्बलनमा, नेपालबारे चर्चा हुन सकेन

काठमाडौं, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले जिम्बाब्वे क्रिकेट टोलीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार लण्डनमा