एउटा फिल्मको २४ करोड लिंदै कंगना बनिन् महँगी नायिका

एजेन्सी । बलिउडमा फिल्मको कारणमात्र नभइ आफ्नो बोलीको कारण पनि चर्चा रहने नायिका कंगना रनौटको चर्चा फेरी चल्न थालेको छ ।

यसपटक विगतका जस्ता कारण नभइ सबैभन्दा महँगी नायिका बन्दै किर्तिमान कायम गरेको कारण भएको थाहा भएको छ ।

पछिल्लो फिल्म ‘मणिकर्णिका’ को अपार सफलतापछि बलिउडमा राम्रो माग रहेकी नायिका कंगनाले चर्चित व्यक्तित्व जयललिताको बायोपिकमा काम गर्न २४ करोड भारु पाउने खबर बाहिरिएको छ ।

जयललिता पहिले नायिका रहेको र पछि राजनीतिमा गइ मुख्यमन्त्री नै बन्न सफल भएकी थिइन्  । उनको रोचक जिवनीमा आधारित हुने यो फिल्म तमिल र हिन्दी दुबै भाषामा बनाइने भएको छ । तमिलमा यस फिल्मको नाम ‘थलाइवी’ हुने र हिन्दीमा ‘जया’ हुने बताइएको छ ।

कठिन काम भएको र लामो समय खर्चिनुपर्ने भएकोले कंगनाले फिल्म मेकर टोलीसँग २४ करोड भारु मागेकोमा कंगनाको पछिल्लो लोकप्रियतालाई ध्यानमा राख्दै नायिकाको शर्त मानिएको बताइएको छ । भारतीय मिडियाहरुले दाबी गरेअनुसार कुनै पनि नायिकाले पाएको यो सबैभन्दा ठुलो पारिश्रमीक हो ।

यहि फिल्मको लागि यसअघि ऐश्वर्या राय बच्चन र विद्या बालानको नाम चर्चामा रहेको थियो । यस्तो हल्लाको विपरित अन्ततः कंगनाले किर्तिमानी रकममा महत्वपूर्ण भुमिका पाएकी छिन् ।

 

दुई वर्षपछि ‘गुत्थी’ कपिल शर्मा शो मा

एजेन्सी । कुनै समय कमेडियन कपिल शर्माको मनोरञ्जनात्मक कार्यक्रमको अभिन्न अंग बनेका कलाकार सुनील ग्रोवर ‘गुत्थी’ दुई वर्षको अन्तरापछि फेरी उक्त

चर्चित बलिउड हस्ती अहिले यस्ता काममा व्यस्त

एजेन्सी । बलिउडमा लागेर अनन्तकालसम्म सफलताका साथ कामगर्ने भाग्य थोरै स्टारहरुले मात्र पाउँछन् । अमिताभ बच्चन, शाहरुख खान, सलमान खान, आमीर खान जस्ता

सलमानको फिल्मलाई शाहरुखको यस्तो प्रतिक्रिया

एजेन्सी । बलिउड स्टार सलमान खानको बहुप्रतिक्षित फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त ट्रेलर सार्वजनिक भएसँगै सोसल मिडियामा यसबारे

पहिले ‘रिजेक्ट’ भएकी आलीया अहिले भंशालीकै फिल्ममा ?

एजेन्सी । लगातार सफल फिल्महरुमा काम गरेकी आलीया भट्ट अहिले चर्चाको शिखरमा छिन् । बलिउडमा स्टार परिवारबाट आएकी नायिका भएको कारण पनि आलीयाको यस्तो