बाबुराम र उपेन्द्रको एकता हुँदै

काठमाडौं । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम एक हुने तयारीमा रहेको बुझिएको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र निवर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादववीच एकताको गृहकार्य भैरहेको समाचार सूत्रले बताएको छ । 

यता राष्ट्रिय जनता पार्टीसँग संघीय समाजवादी फोरमको एकता प्रक्रिया अगाडि बढेको भनि भैरहेको प्रचार सही नभएको दावी गर्दै सूत्रले भट्टराई र यादव आफ्ना पार्टी एक गराउन सहमति नजिक पुगिसकेको कुरामा जोड दिएको छ ।

  राजपामा रहेका दलसँग एकता वार्ताका लागि वार्ता कमिटीको प्रयास अन्तिम चरणमा पुगिरहेको बेलामा उपेन्द्रले अशोक राई नेतृत्वको संघीय समाजवादीसँग एकता गरी संघीय फोरम बनाएका थिए । 

  केहीदिन अघि मात्र यादवले पोखरामा आयोजित पत्रकार सम्मेलनमा पार्टी एकीकरणबारे राजपासँग मात्र होइन नयाँ शक्ति पार्टीसँग पनि वार्ता प्रक्रिया जारी रहेको खुलासा गरेका थिए । 

  यादव र भट्टराई दुवै पूर्व कम्युनिस्ट नेता भएकाले एकताका लागि सहज हुने समाचार सूत्रको भनाई छ । स्थानीय निर्वाचनमा पनि यादव र भट्टराईले नेतृत्व गरेको पार्टीबीचमा नै विभिन्न ठाउँमा तालमेल पनि भएको थियो ।

केही वर्षअघि भट्टराईले पार्टी एकता अन्तिम चरणमा पुगेपछि यादवलाई कार्यकारी संयोजक नदिएकाले पार्टी एकता हुनसकेको थिएन । अहिले पार्टीको हैसियत अनुसार लेनदेन हुनसकेमा एकता तत्काले हुनसक्ने जानकार सूत्रले दावी गरेको छ ।   
 

 राजपामा रडाको: सरकारमा नटिक्नुको यस्तो छ कारण

             काठमाडौँ, १० वैशाख । फुट र जुटको राजनीतिबाट अघि बढेका मधेश केन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी

नेकपाका यी हुन् जिल्ला अध्यक्ष र सचिव

काठमाडौं । एकताको करिब एकवर्षपछि नेकपाले ७७ वटै जिल्लाको पार्टी अध्यक्ष टुंगो लगाएको छ । सोमबार सार्वजनिक गरिएको विवरण अनुसार, पूर्व माओवादीको भागमा

यी हुन् पूर्व माओवादीको भागमा परेका जिल्ला अध्यक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाले करिब एकवर्षको गृहकार्यपछि जिल्ला स्तरीय पार्टी नेतृत्वको टुंगो लगाएको छ। एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल

नेकपा: सबै जिल्ला अध्यक्ष छानिए,नाम भने गोप्य 

काठमाडौं । एकवर्षदेखि विवादको बिषय बनेको नेकपा एकताको काम टुंगिएको बुझिएको छ । आईतबार साँझ बसेको सचिवालय बैठकले सबै जिल्लाका अध्यक्ष र सचिबको नाम