श्रीलंकालाई ४–० ले हराउँदै नेपाल फाइनलमा

विराटनगर, ६ चैत । जारी पाँचौ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै नेपालले फाइनलमा स्थान पक्का गरेको छ । नेपालेको चौथोपटक फाइनल पुगेको हो ।

विराटनगरको शहिद रंगशालामा भएको खेलको पहिलो हाफमा नेपालले १–० गोलले मात्र अग्रता लिन सकेको थियो । पहिलो हाफमा श्रीलंकाको रक्षापंक्तिले नेपालको आक्रमणहरुलाई विफल पार्न सफल भयो ।

पुनम जर्घामगरको खेलेको ४२ औं मिनेटमा गरेको गोल नै नेपालको पहिलो हाफका सफलता रह्यो ।

यसको विपरित दोश्रो हाफमा नेपालको आक्रमणले श्रीलंकाली रक्षापंक्तिलाई ध्वस्त बनाउँदै ३ गोल गर्न सफल भयो । खेलको ७३ औं मिनेटमा अनीता बस्नेतले गोल गरिन भने ८२ औं मिनेटमा सावीत्रा भण्डारीले गोल गर्दै नेपालको अग्रतालाई ३–० मा पु¥याइन ।

खेलको ८६ औं गोलमा रेखा पौडेलले गोल थपेपछि नेपालले श्रीलंकालाई ४–० को ठुलो अन्तरले हराउँदै उपाधिको नजिक पुगेको हो ।

अब नेपालले दोश्रो सेमिफाइनलको विजेतासँग आगामी शुक्रबार उपाधिको लागि भिड्नेछ । दोश्रो सेमिफाइनल खेल भारत र बंगलादेशबिच हुँदैछ ।

 

तस्विर सौजन्य ः गोलनेपालडटकम

 

मलेसियालाई हरायो नेपालले, अर्को खेल बिहिबार

काठमाडौं, ११ वैशाख । एसियाली क्षेत्रको यू १६ स्तरको प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन नेपालले मलेसियामाथी विजय पाएको छ ।  थाइल्याण्डमा जारी

तङ्ग्रिदै भूकम्पले क्षतिग्रस्त बनाएका खेल संरचना

काठमाडौँ, ११ वैशाख । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी ‘गोरखा भूकम्प’ का कारण क्षतिग्रस्त खेलकूदका संरचना क्रमिकरूपमा पुनःनिर्माण हुँदैछन्

आठौँ खेलकूद : नेपाली खेलकूदको युग परिवर्तन

राँझा, ११ वैशाख । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता ऐतिहासिक रुपमा आज सम्पन्न हुँदैछ । पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक

अन्तर्राष्ट्रिय कराँतेमा नेपाल चम्कियो, २० स्वर्णपदक सहित समूह विजेता

पटना, ११ वैशाख ।  २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ