उत्तर कोरियाका लागि मानवीय सहायता परियोजना स्वीकृत


सियोल, ३० फागुन । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियाका लागि पाँच वटा प्रस्तावित मानवीय सहायता परियोजनाको कार्य अघि बढाउन स्वीकृति दिएको छ ।

राष्ट्रसंघ सुरक्षा परिषदले लगाएका प्रतिबन्धहरुमध्ये पोषण र औषधोपचार समेतका पाँच क्षेत्रमा लागेका प्रतिबन्धहरु आंशिक फुकुवा गरेको हो ।

फ्रान्सेली गैरसरकारी संस्थाहरु प्रिमियर अर्जेन्स इन्टरनेसनललाई बाल पोषण परियोजना र ट्राङ्गल जेनेरेसन ह्युमानिटायरलाई बृद्धबृद्धाको स्याहार परियोजना सञ्चालन गर्न अनुमति प्राप्त भएको छ । राष्ट्रसंघीय जनसंख्या कोषले आपतकालीन प्रजनन स्वास्थ्य सामग्रीको आपूर्ति गर्नेछ ।

यसैगरी, क्यानाडेली गैसस फस्र्ट स्टेप्स हेल्थ सोसाइटीलाई सोया दूध प्रशोधन प्रणाली आयात गर्न तथा मेडिसिन सान्स फ्रन्टियर्सलाई चिकित्सा सामग्री भित्र्याउन अनुमति दिइएको छ ।

पछिल्लो सहजीकरणसँगै उत्तर कोरियामाथि मानवीय सहायता जोडिएका प्रतिबन्ध फुकुवा भएको संख्या २० पुगेको छ । यी छुटहरु छ महिनाका लागि मान्य हुनेछ राष्ट्रसंघले जनाएको छ ।

मानवीय सहायता कृयाकलापहरु अन्तर्राष्ट्रिय प्रतिबन्ध अन्तर्गत रहेका छैनन्, तर यससँग सम्बन्धित सामग्रीको आपूर्तिका लागि राष्ट्रसंघ सुरक्षा परिषदको स्वीकृति अनिवार्य हुन्छ । रासस/योनहाप

 

उत्तर कोरियाले कर्मचारी पुनः फिर्ता पठायो

सियोल, दक्षिण कोरिया, ११ चैत । उत्तर कोरियाले आफ्ना कर्मचारीलाई अन्तर–कोरियाली सम्पर्क कार्यालयमा पुनः फिर्ता पठाएको छ । अमेरिकी राष्ट्रपति

२१ लाखभन्दा बढी भारतीय क्षयरोगी

मुम्बई, ११ चैत । भारतमा सन् २०१८ मा क्षयरोगका संक्रमित नागरिकको संख्या २१ लाख ५० हजार जना रहेका छन् । भारतको स्वास्थ्य तथा परिवार स्वास्थ्यसम्बन्धी

मालीमा १३४ जनाको सामुहिक हत्याको राष्ट्रसंघद्वारा भत्सर्ना

संयुक्त राष्ट्रसङ्घ, १० चैत । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शनिबार बिहान मालीमा भएको १३४ जनाको सामुहिक हत्याको भत्सर्ना

‘सिल्क रोड’का लागि चीन र इटालीबीच सहमती

रोम, इटाली, १० चैत । एसियालाई यूरोपसँग जोड्ने यातायात तथा व्यापार सम्बन्ध विस्तारका लागि चीनको नेतृत्वमा अघि बढाइएको नयाँ ‘सिल्क रोड’ मा सहभागी हुन