मौसम बदलिएसँगै हल्का पानी पर्ने सम्भावना

काठमाडौँ, ३० फागुन । पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ ।

मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले बताए ।

उनका अनुसार यसको प्रभाव आज रातिसम्म कायम रहने छ ।
बिहीबार बेलुकादेखि फेरि नयाँ प्रणालीको विकास भई पश्चिमी भूभागको केही स्थानमा मौसम प्रभावित हुनेछ । पहाडी भेगबाहेक अन्य क्षेत्रमा भने तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् सुवेदीले बताए।

शुक्रबार देशको पश्चिमी भूभागमा सामान्यतया मौसम बदली रही उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै शनिबार बिहानीपख देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । अपराह्नपछि भने देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव २ डिग्री र अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । रासस

 

 हात्तीले गोसाइको टाउकोमा कुल्चिएर ज्यान लियो

 कञ्चनरुप । कञ्चनरुप नगरपालिकामा हात्तीको आक्रमण परी एक वृद्धको ज्यान गएको छ । हात्तीको समूहले गए राति बाली सुरक्षार्थ खेतमा बसेका वडा नं ६ जमुवाका

 मन्तव्य राख्ने क्रममा ढलेर निधन

 पाँचथर । फिदिम नगरपालिका–१४ स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको विद्यालयमा आफ्नो स्वागतका लागि राखिएको कार्यक्रममा

राजपा केन्द्रीय सदस्यद्वय थुनामा

सिरहा । पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य विश्वनाथप्रसाद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल सोमबार पुर्पक्षका

महिला हिंसा हुन नदिन थप विशेष प्रहरी टोली

काठमाडौँ, ६ जेठ । सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले आगामी दिन थप विशेष टोली परिचालन गर्ने भएको छ । गत वर्ष उपत्यकाभित्रका बढी चाप