बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने माग

वीरगञ्ज, ३० फागुन । केही महीनायता प्रदेश नं २ मा बलात्कारको घटना बढ्न थालेकाले बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने माग हुन थालेको छ ।

प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले फौजदारी संहितामा बलात्कारीलाई आजीवन कारावासको व्यवस्था भएकाले यसलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारले प्रयास गरिरहेको छ भनेका छन् ।

उक्त कानूनलाई कार्यान्वयनमा ल्याउन प्रहरी र सरकारी वकिलको कार्यालयलाई निर्देशन दिइएको जानकारी दिँदै उनले यस्ता घटनाको अनुसन्धान चाँडो गर्न र कसुरदारलाई कानून बमोजिम सजाय दिन छलफल भइरहेको बताए ।

विगत छ महीनामा १३६ चेलीबेटी बलात्कारको शिकार भएपछि प्रदेश सरकारले यसतर्फ चासो बढाएको हो । प्रदेश प्रहरीका अनुसार १० वर्षदेखि १६ वर्षसम्मका बालिका बलात्कारको सिकार भएका थिए ।

सो अवधिमा ६८ बलात्कारको प्रयाससम्बन्धी घटनामा ७६ जनामाथि कारबाही चलाइएको प्रहरीले जनाएको छ । उक्त कानूनको प्रभावकारी कार्यान्वयन नहुनाले अपराधीको मनोबल बढ्दै गएको र कतिपय घटना गाउँघरमै मिलाउने गरेको पाइएको छ । जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दानबहादुर थापाका अनुसार अहिले पनि आरोपीमध्ये ८० प्रतिशत फरार रहेकाले उनीहरूको खोजी भइरहेको छ । रासस

 

पोखरामा फरक संचालकहरुको संयुक्त टिकट काउन्टर

पोखरा, ११ चैत । पोखराबाट काठमाडौँका लागि माइक्रोबस सेवा सञ्चालन गर्दै आएका चार बस सञ्चालक समितिले आजदेखि संयुक्त टिकट काउन्टर सञ्चालनमा ल्याएका छन्

 मौसम बदलीसँगै हल्का वर्षाको सम्भावना

काठमाडौँ, ११ चैत । पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल

प्रचण्ड पत्नी सीता हिँडडुल गर्न सक्ने भईन्

काठमाडौं । ११ चैत । अमेरिकामा उपचार गराई रहेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्यमा

चारसय कृष्णसार वेपत्ता 

धम्बोझी, ११ चैत । गुलरिया नगरपालिका–२ खैरापुरमा रहेको विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार लोप हुने अवस्थामा रहेको छ ।  २०४३ सालसम्म कृष्णसारको