बच्चन र हाशमी एउटै फिल्ममा

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन नयाँ फिल्ममा देखिने भएका छन् । अदालती विषयवस्तुमा आधारित उक्त फिल्म बच्चनका साथ इमरान हाशमीले पनि काम गर्ने बताइएको छ ।

‘बर्फ’ नामक उक्त चलचित्रमा बच्चनले न्यायाधीशको भुमिका निभाउन लागेको थाहा भएको छ । यी दुईले पहिलोपटक एउटै फिल्ममा काम गर्न लागेका हुन् ।

यसअघि बच्चनले ‘पिंक’ र ‘बदला’ मा वकिलको भुमिका निभाएका थिए । दुबै फिल्ममा उनले नायिका तापसी पन्नूको रक्षाको लागि अदालती बहस गरेका थिए ।

‘बर्फ’ चलचित्रमा बच्चन र हाशमी बाहेक अन्नु कपूर र सौरभ शुक्ला पनि रहनेछन् । अन्नु कपूरले ‘जोनी एलएलबी २’ मा न्यायाधीशको भुमिकामा काम गरेका थिए भने सौरभले वकिलको भुमिका निभाएका थिए ।

फिल्मलाई रुमी जाफ्रीले निर्देशन गर्ने भएका छन् । उनले यसअघि ‘गड तुस्सी ग्रेट हो’ को निर्देशन गरिसकेका छन् ।

आलीया भट्ट उत्कृष्ट अभिनेत्री, रणबीर बने उत्कृष्ट नायक

एजेन्सी । ६४ औं फिल्मफेयर अवार्डमा ‘लभ बर्ड’ आलीया भट्ट र रणबीर कपूरले उत्कृष्ट नायिका र नायकको अवार्ड जितेका छन् । गएराती सम्पन्न भएको

यसकारण चकित परे जाभेद अख्तर

एजेन्सी । भारतमा लोकसभा चुनावको रन्को चढेको मौकामा ‘पीएम मोदी’ फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको

अक्षय कुमार र सलमान खानको फिल्म भिड्ने ?

एजेन्सी । बलिउडका दुई चर्चित नायक अक्षय कुमार र सलमान खानको फिल्म एकै समयमा रिलिज हुँदै एक आपसमा भिड्ने सम्भावना बढेको छ । सामान्यतया बलिउडमा

 नेता होईन करबीर राउटे थिए प्रमुख अतिथि

भीमदत्तनगर । गाउँघरमा पाएजति मजदुरी गरेर परिवारको जोहो गर्दै आएका लोपोन्मुख राउटे समुदायका करवीर राउटे शनिबार साङ्गीतिक कार्यक्रम उद्घाटनका लागि