धार्मिक महत्वको स्वयम्भूनाथ र बौद्धनाथ, पर्यटनको लागि पनि उत्तिकै चर्चित

बौद्ध धर्मावलम्बीहरुको पवित्र धार्मिकस्थल स्वयम्भूनाथ र बौद्धनाथ मन्दिर पर्यटकको लागि पनि आकर्षक स्थल रहेको छ ।

स्वयम्भूनाथ परिसरमा भएका विभिन्न स्तूपा, संग्रहालय, पुस्तकालय जस्ता आकर्षणले पनि पर्यटक तान्ने गरेको छ । स्वयम्भूको स्तुपा दर्शनको लागि उक्लनु पर्ने ३६५ खुड्कीलोले पनि यस क्षेत्रको आकर्षण थपेको स्थानीयहरुको भनाइ रहेको छ ।

स्वयम्भूको उत्पत्तिको बारेमा स्वयम्भू पुराणमा बताइएको छ । उक्त पुराणमा उल्लेख भएअनुसार काठमाडौं उपत्यका तालको रुपमा रहँदा एउटा कमलको फुल उम्रेको थियो । मञ्जुश्री उपत्यका आसपास आइपुग्दा स्वयम्भूमा अवस्थित कमलको फुल देखेको भनाइ छ ।

मन्जुश्रीले यस स्थानका जमेको पानी हटाइ यहाँ राम्रै बस्ती बचाउन सकिने सम्भावनालाई देखेर चोभार डाँडा काटेर तालको रुपमा रहेको सबै पनि निकास गरिएपछि र एउटा सुन्दर उपत्यका देखियो । अहिले हामीले काठमाडौ भनेको स्थान यहि ताल मुनिको भागनै हो ।  पुराना भनाइ अनुसार ताल काटेपछि कमलको बोट पर्वतमा परिणत भयो र फुल स्तुपामा परिणत भएको पौराणिक कथन छ ।

स्वयम्भूको शाब्दिक अर्थ आफैं उत्पति भएको भन्ने भनाइ रहेको छ । त्यसबेला स्वयम्भूमा आफैं उत्पन्न भएको अग्निको कारण नै यस क्षेत्रको नाम स्वयम्भू भएको मानिंदै आएको छ ।

हरेक बिहान सयौं बौद्ध धर्मावलम्बी तथा अन्य व्यक्तीहरु स्वयम्भूनाथको दर्शनको लागि जाने गरेका छन् ।

अर्कोतर्फ बौद्धनाथ क्षेत्रपनि धार्मिक तथा पर्यटकीय महत्वले भरिपूर्ण छ । सन् १९७९ मा विश्व सम्पदा सूचीमा सुचीकृत बौद्धमा ५० वथा जति तिब्बतीयन मठहरु रहेको छ ।

बौद्धनाथ स्तूपा भगवान बुद्धले भौतीक शरिर छाडेपछि बनाइएको दाबी गरिएको छ । उक्त पवित्र स्तूपालाई सुन्दर बनाउन थुप्रै सूनको प्रयोग गरिएको छ ।
गोपालराज वंशावलीमा उल्लेख भएअनुसार लिच्छवीकालीन राजा शिवदेवले बौद्धनाथ पत्ता लगाएका हुन् । त्यस्तै अन्य इतिहासकारहरुका अनुसार मानदेवको पालामा बौद्धनाथ पत्ता लागेको भनिएको छ ।

नेपाल आउने अधिकांस पर्यटक काठमाडौंकै बाटोबाट आउने भएको र बौद्धनाथ र स्वयम्भूनाथ यहाँबाट सजिलै पुग्न सकिन्छ । सोही कारण पनि धार्मिक पर्यटनको हिसाबले यि दुबै स्थान उत्तिकै चर्चित छ ।

इतिहासको साक्षी हुन र पवित्र मन्दीरको दर्शन गर्न नेपाल आउने पर्यटकको पहिलो छनौटमा परेको यस क्षेत्रले ठुलो संख्यामा पर्यटक आकर्षण गर्नेमा दुईमत छैन । पर्यटन वर्ष २०२० लाई सफल बनाउन पनि यि क्षेत्रले ठुलो भुमिका खेल्ने जानकारहरु बताइरहेका छन् ।

 

 

 नौलाख गाईका धनी राजाको दरबार क्षेत्र हरिद्वार जस्तै बनाईने

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ केरावानी स्थित बाबा बर्दगोरिया क्षेत्र धार्मिक पर्यटकीयस्थल बनेको छ । भारतको हरिद्वारको झल्को

पर्यटकको ‘फेभरेट स्पट’ पोखरा

सुन्दर नगरी पोखरा पर्यटकहरुको पहिलो रोजाइमा पर्ने गरेको छ । सुविधा र सुन्दरताको कारण पोखरालाई आन्तरिक तथा बाह्य दुबै पर्यटकले मन पराएको बुझ्न कठिन

फेरि प्याराग्लाईडिङ दुर्घटना, दुई पर्यटक घाइते

पोखरा, ५ चैत । प्याराग्लाईडिङ दुर्घटना हुँदा आज दुई जना घाइते भएका छन् ।  पोखरा महानगरपालिका–१८ सराङकोटबाट फेवातालको सिरानमा झर्ने क्रममा

पर्यटकीय क्षेत्रमा ‘होमस्टे’ को आकर्षण

आकर्षक पर्यटकीय स्थलहरु रहेको प्रदेश नम्बर १ का विभिन्न जिल्लामा पर्यटन विकासका लागि स्थानीय स्तरबाट काम भइरहेका छन् । आगन्तुकका लागि घरैमा खाना र