नेपाल यमनको खेल बराबरी |

काठमाडौँ, ३० जेठ । संयुक्त अरब इमिरेट्समा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल ९एपिएफ०को मैदानमा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । यस खेलसँगै नेपालले एक अङ्क जोडेको छ । यसअघि गत चैत महिनामा फिलिपिन्सिमा भएको समूह चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोलअन्तरले पराजित भएको थियो ।

नेपालले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा यसमनसँग अङ्क बाड्न बाध्य बन्यो । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजीले प्रतियोगितामा जित हासिल गर्न नसकेपनि नेपाली टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेको टिप्पणी गरे।

त्यस्तै यमनका प्रशिक्षक इब्राहिम मेब्रातोलले खेलमा बराबरी खेल्नु ठीकै भएको प्रतिक्रिया दिए। प्रतियोगितामा नेपालका गोल किपर किरण चेम्जोङले केही उत्कृष्ट बचाउ गरे । उनी म्यान अफ दि म्याच घोषित भए ।

समूह एफमा रहेको नेपालले समूह चरणको तेस्रो खेलमा ताजकिस्तानको सामना गर्नेछ । नेपाल एक अङ्कसहित लिगको तेस्रो स्थानमा छ । त्यसैगरी यमन चार अङ्क जोड्दै समूहको शीर्ष स्थान उक्लेको छ । फिलिपिन्स भने तीन अङ्कसहित दोस्रो स्थानमा छ । अङ्कविहीन रहेको ताजकिस्तान अन्तिम स्थानमा छ । रासस

नेपाली फुटबललाई विकास गर्न स्पेनी क्लबको सहयोग

  काठमाडौँ, ४ कात्तिक । स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । विश्वभर अन्तर्राष्ट्रिय सामाजिक

मेसीले ६ खेल खेल्न नसक्ने

काठमाडौं, ४ कात्तिक । बार्सिलोनाका क्याप्टन लियोनल मेसी घाइते भएका छन् । उनी अब तीन हप्ता खेलमैदान बाहिर रहने छन् । हिजो राती सेभिल्लासँग भएको खेलमा

पूर्व क्रिकेटर जयासूर्यालाई भ्रष्टाचारको आरोप

  सरल संवाददाता काठमाडौं, २९ असोज । श्रीलंकाका पूर्व क्रिकेटर सनथ जयासूर्यामाथी आईसीसीको भष्टाचार विरुद्धको दुईवटा नियम मिचेको आरोप लागेको छ

 अफगानी क्रिकेट लिगमा सन्दीपको शानदार डेब्यू

काठमाडौं । अफगानिस्तान प्रिमियर लिग (एपिएल) मा नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेले शानदार डेब्यू गरेका छन् ।  अफगानी फ्रान्चाइज टोली