ब्राजिलको एक विद्यालयमा गोली चल्यो, आठको मृत्यु


साओ पाउलो, ३० फागुन । ब्राजिलको साओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तिमा केही व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचनामा घटनामा आठ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

साओ पाउलो राज्यको सैनिक प्रहरी विभागले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, सुजानोस्थित एक विद्यालयमा अपरिचित बन्दूकधारी प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको छ ।

ब्राजिलका धेरैजसो सञ्चारमाध्यमले पाँच जनाको मृत्यु भएको बताएका छन् तर यहाँको प्रसिद्ध एक टेलिभिजन टिभी ग्लोबोले दुई किशोरले गोली चलाएको हुनसक्ने र जम्मा आठ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार प्रशारण गरेको छ । सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनामा १७ जना घाइते भएका छन् । रासस/एएफपी

 

उत्तर कोरियाले कर्मचारी पुनः फिर्ता पठायो

सियोल, दक्षिण कोरिया, ११ चैत । उत्तर कोरियाले आफ्ना कर्मचारीलाई अन्तर–कोरियाली सम्पर्क कार्यालयमा पुनः फिर्ता पठाएको छ । अमेरिकी राष्ट्रपति

२१ लाखभन्दा बढी भारतीय क्षयरोगी

मुम्बई, ११ चैत । भारतमा सन् २०१८ मा क्षयरोगका संक्रमित नागरिकको संख्या २१ लाख ५० हजार जना रहेका छन् । भारतको स्वास्थ्य तथा परिवार स्वास्थ्यसम्बन्धी

मालीमा १३४ जनाको सामुहिक हत्याको राष्ट्रसंघद्वारा भत्सर्ना

संयुक्त राष्ट्रसङ्घ, १० चैत । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शनिबार बिहान मालीमा भएको १३४ जनाको सामुहिक हत्याको भत्सर्ना

‘सिल्क रोड’का लागि चीन र इटालीबीच सहमती

रोम, इटाली, १० चैत । एसियालाई यूरोपसँग जोड्ने यातायात तथा व्यापार सम्बन्ध विस्तारका लागि चीनको नेतृत्वमा अघि बढाइएको नयाँ ‘सिल्क रोड’ मा सहभागी हुन