हत्या अभियुक्तलाई दश वर्ष कारागार

सप्तरी, ३० फागुन । छोरीज्वाइँको हत्या आरोपित राजविराज नगरपािलका–९ मलेठका ५२ वर्षीय रामदयाल साहलाई अदालतले १० वर्ष कैदसजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले साहलाई मङ्गलबार १० वर्ष कैदसजायको फैसला गरेको हो । तिरहुत गाउँपालिका–१ त्रिकोल घर भई राजविराज नगरपालिका–५ स्वर्ण टोलमा डेरा गरी बस्ने २८ वर्षीय दीपेन्द्रकुमार मण्डलको हत्या आरोपमा उनका ससुरा रामदयाललाई १० वर्ष कैद सजायको फैसला भएको स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए ।

हत्या आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेकी मृतककी श्रीमती २३ वर्षीया अञ्जना साहलाई भने अदालतले सफाइ दिएको छ । जिल्ला अदालतको आदेशमा रामदयाल र उनकी छोरी अञ्जना गत असार २७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।

दीपेन्द्रलाई गत जेठ २९ गते राति हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले दुवै जनालाई पक्राउ गरी कर्तव्यज्यानको मुद्दा चलाएको थियो । रासस

 

पोखरामा फरक संचालकहरुको संयुक्त टिकट काउन्टर

पोखरा, ११ चैत । पोखराबाट काठमाडौँका लागि माइक्रोबस सेवा सञ्चालन गर्दै आएका चार बस सञ्चालक समितिले आजदेखि संयुक्त टिकट काउन्टर सञ्चालनमा ल्याएका छन्

 मौसम बदलीसँगै हल्का वर्षाको सम्भावना

काठमाडौँ, ११ चैत । पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल

प्रचण्ड पत्नी सीता हिँडडुल गर्न सक्ने भईन्

काठमाडौं । ११ चैत । अमेरिकामा उपचार गराई रहेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्यमा

चारसय कृष्णसार वेपत्ता 

धम्बोझी, ११ चैत । गुलरिया नगरपालिका–२ खैरापुरमा रहेको विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार लोप हुने अवस्थामा रहेको छ ।  २०४३ सालसम्म कृष्णसारको