नेविसंघभित्र विवाद: पौडेल पक्षले समानान्तर समिति बनाउने

काठमाडौं । नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठन नेपाल विद्यार्थी संघ यतिखेर केन्द्रीय समिति विहीन अवस्थामा छ । पटक पटक म्याद थप गर्दा समेत महाधिवेशन गर्न नसकेर देउवा निकट मानिएका अध्यक्ष नैनसिंह महरले गत महिना राजीनामा दिएपछि नेविसंघ झगडा प्रकरण पार्टी शीर्ष तहमा पुगेको हो । अब बन्ने तदर्थ समिति कस्तो र कसको पक्षकोे बनाउने भन्ने विवादले पार्टी अनिर्णयको बन्दी बनेको छ ।

नेविसंघको नेतृत्वमा कसको पक्ष ल्याउने भन्नेबारेमा शीर्ष नेताबीच मतभिन्नता रहेका कारण पार्टीले तदर्थ समिति बनाउन सकेको छैन । मातृ पार्टीमा जस्तै नेविसंघभित्र पनि गुटउपगुट रहेको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलका साथै कांग्रेसभित्र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षबीच गुट रहेको छ । साथै पार्टीका प्रभावशाली नेताहरुको छुट्टै उपगुट पनि रहेको छ ।

सभापति देउवालाई नेविसंघको नेतृत्वमा आफ्नो पक्ष ल्याउनुपर्ने भन्दै पौडेल र सिटौला पक्षका नेताहरुले दबाब दिइरहेका छन् । तर देउवा पक्ष यसमा मान्न तयार छैन । सभापति देउवा पक्षले पेलेर जान खोजे पौडेल पक्षले समानान्तर समिति घोषणा गरेर अगाडि बढ्ने तयारी गरेका छन् ।

पार्टीमा देउवाले बहुमतले विधानदेखि अन्य अनुशासन समिति, निर्वाचन समितिमा पेलेर जान खोजे पार्टी केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्ने र समानान्तर समिति बनाएर चुनौती दिने पक्षमा देउवाइतर पक्ष रहेको छ । यसबाट सभापति देउवा पक्ष झस्किएको छ । केही दिन अगाडि नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसी सो निर्णय गरेको हो ।

पार्टी विधि र विधान र सबैको सहभागितामा सञ्चालन गर्नुपर्ने भन्दै संवाद र सहमतिका लागि भन्दै पार्टी महामन्त्री शशांक कोइरालालाई देउवासमक्ष वार्ता गर्न पौडेल पक्षले जिम्मा लगाएको छ । संवाद र सहमतिलाई लत्याएर देउवा पक्ष अगाडि बढ्न खोजे नेविसंघदेखि पार्टी विभागसम्म समानान्तर समिति गठन गरी अगाडि बढ्ने पौडेल पक्षको तयारी छ ।

आगामी चैत्र ४ गने केन्द्रीय समितिको बैठक बस्दै छ । सो बैठकमा नेविसंघ गठन पार्टी अनुशासन समिति र निर्वाचन समिति गठन गर्ने तयारी छ । सहमति नभए पनि बहुमतबाट पेलेर जाने देउवा पक्ष रहेको नेता प्रकाशशरण महतले बताउँदै आएका छन् ।

अब बन्ने नेविसंघ तदर्थ समिति ३२ वर्षमाथिको हुने कि सो भन्दामुनिको हुने भन्ने विवाद कायमै छ । देउवा र पौडेल पक्ष ३२ वर्ष भन्दामाथिका विद्यार्थी नेतालाई जिम्मेवार दिन तयार छन । तर यसमा सिटौला पक्षले विवाद झिकिरहेको छ ।

नेविसंघ गठनमा देउवा पक्षबाट कस्तो प्रस्ताव आउँछ त्यहीअनुसार समर्थन र विरोध गर्ने पौडेल पक्षको रणनिति छ भने ३२ वर्ष भन्दामाथिको समिति बनाउँदा अध्यक्ष नभए पनि सम्मानजनक पदाधिकारी हैसियत दिएको खण्डमा पौडेल पक्ष मान्न तयार हुने र सिटौलालाई पनि मनाउन सकिने पौडेल पक्ष रहेको छ ।

सिटौला पक्षले ३२ वर्षमुनिको नेविसंघ गठन गर्न दबाब दिँदै आएको छ । ‘नेविसंघमा पौडेल पक्षकै पकड रहेकाले हाम्रो केन्द्रीय समितिमा सम्मानजनक उपस्थीति नभए यसलाई मान्ने छैनौं’ –पौडल पक्षीय नेता मोती भण्डारीले बताउनुभएको छ ।

नेविसंघको नेतृत्वका लागि देउवा पक्षबाट सरोजकुमार थापा, शुभराम बस्नेत, राजीव ढुंगानाले आकांक्षा देखाइरहेका छन् भने पौडेल पक्षबाट मनोजमणि आचार्य, मोती भण्डारी, मनोज वैद्यले आकांक्षा राखेका छन् । सिटौला पक्षबाट कुन्दन काफ्ले, युवराज पाण्डेले नेतृत्व दाबी गरिरहेका छन् । (नेपाल  समाचारपत्र दैनिकबाट)

प्रहरी ऐनमा चलखेल

काठमाडौं - नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका लागि सो प्रावधान नहटाउने गरी विधेयकको मस्यौदा

१० न्यायाधीश बेरोजगार, हाजिर गर्दै घरतिर

काठमाडौं । उच्च अदालत र जिल्ला अदालतका १० न्यायाधीश तीन महिनादेखि बेरोजगार बनेका छन् । न्याय सम्पादनमा गम्भीर त्रुटि देखिएको भन्दै जिम्मेवारी

‘५० लाख दिनुस्, ओलीलाई मारिदिन्छु’ भनेको अभियोगमा एक पक्राउ

काठमाडौं : ‘५० लाख दिनुस् ओलीलाई मारिदिन्छु’ भन्दै सामाजिक संजालमा कमेन्ट गरेको अभियोगमा बानेश्वरमा बस्ने सिन्धुपाल्चोकका ३४ वर्षे लाल

राजा वीरेन्द्रको सम्पत्ति बिल्लिबाठ

काठमाडौं  : गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ । सरकारले व्यक्तिलाभका लागि कानुनैसमेत फेरिदिन