हाई अलर्टमा सुरक्षा निकाय

काठमाडौ । सरकारले विप्लव माओवादीको गतिविधि माथि प्रतिवन्ध लगाएको घोषणा संगै सुरक्षा निकायलाई हाई अर्लटमा रहन निर्देशन दिएको छ ।

मुलधारको राजनीति भन्दा बाहिर गएर हत्या हिंसा जस्ता कृयाकलापमा बिप्लव नेतृत्वको माओवादी लागेपछि सरकारले प्रतिबन्ध लगाउने निर्णय पछि उसबाट हुन सक्ने हिंसात्मक कृयाकलापलाई नियल्न समेत सरकारले सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

बिप्लव समुहको पछिल्लो गतिबिधि राजनीतिक भन्दापनि धम्की दिएर रकम असुल गर्ने र नदिए बम पड्काउने तथा हत्या सम्मगर्ने कृयाकलाप बढेपछि सरकारले उसको गतिबिधिमाथि प्रतिवन्ध लगाएको हो ।

बिप्लव माओवादीमाथिको प्रतिवन्ध पछि सुरक्षा थ्रेड बढेको बिष्लेषण गर्दै सरकारले उसको गतिविधिलाई नियन्त्रण गर्न र सुरक्षा ब्यवस्था मजबुत बनाउन निर्देशन दिए संगै तीन वटै सुरक्षा निकायको प्रधान कार्यालयले बुधबार मुलुकभरका आफ्ना मजकुर कार्यालयलाई हाई अर्लटमा रहन निर्देशन दिएको हो ।

सरकारले बिप्लव माओवादीको हिंसात्मक गतिबिधिमाथि प्रतिवन्ध लगाएसंगै मुलुकभर सुरक्षा ब्यवस्था मजवुत बनाउन नेपाल प्रहरीका सबै कार्यालयलाई हाइअर्लटमा रहन निर्देशन दिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुबेदीले जानकारी दिनुभयो ।

बिप्लव माओवादी निर्वाचन आयोगमा पनि दर्ता नहुने तर राजनीतिक दलको रुपमा मुलुकभर हिंसात्मक गतिबिधि गर्न थालेपछि उसको गतिविधिमा रोक लाग्नु स्वभाविक भएको बताउदै उनीहरुका कार्यकर्ता तथा नेताले हिडडुल गर्न नपाउने भन्ने होईन तर उनीहरुले राज्यलाई चुनौती दिएर अव कुनै पनि गतिविधि गर्न नपाउने बताउनुभयो ।

सरकारले सुरक्षा फौज रहेको स्थान र त्यहां कार्यरत सुरक्षाकर्मीको अवस्थाको वारेमा जानकारी लिन पनि सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
सरकारको निर्देशन अनुरुप देशभरका सबै युनिटलाई उच्च सर्तकता उप्नाउन निर्देशन दिएको सशस्त्र प्रहरी बलका प्रवक्ता सुरज श्रेष्ठले जानकारी दिनुभयो । उहांले भन्नुभयो –सबै युनिटलाई आफ्नो ब्यक्तिगत सुरक्षा र आफ्नो कार्यक्षेत्रलाई सुरक्षित राख्न निर्देशन दिएका छौ ।

बिप्लव माओवादीले गर्न सक्ने ध्वंम्सात्मक गतिविधिलाई नियन्त्रण गर्न तथा उनीहरुबाट हुने कुनैपनि गतिविधि बैधानिक नहुने भएकाले नियन्त्रण गर्न देशभरका सबै युनिटलाई निर्देशन दिएको जाकारी दिनुभयो ।
नेपाली सेनाले समेत अहिलेको अवस्थालाई नजिकबाट निहाली रहेको र विप्लवका कार्यकर्ताबाट हुने गतिविधिको बिष्लेषण गरीरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी याम ढकालले जानकारी दिनुभयो ।

बिप्लव मओवादीले आज बिहीबार गर्ने भनिएको नेपाल बन्द बिफल बनाउन सबै सुरक्षा निकायलाई सरकारले निर्देशन दिएको छ । अहिले राजधानी लगायत मुलुकभर सुरक्षा ब्यवस्था कडा पारिएको छ । (नेपाल  समाचारपत्र दैनिकबाट)

प्रहरी ऐनमा चलखेल

काठमाडौं - नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका लागि सो प्रावधान नहटाउने गरी विधेयकको मस्यौदा

१० न्यायाधीश बेरोजगार, हाजिर गर्दै घरतिर

काठमाडौं । उच्च अदालत र जिल्ला अदालतका १० न्यायाधीश तीन महिनादेखि बेरोजगार बनेका छन् । न्याय सम्पादनमा गम्भीर त्रुटि देखिएको भन्दै जिम्मेवारी

‘५० लाख दिनुस्, ओलीलाई मारिदिन्छु’ भनेको अभियोगमा एक पक्राउ

काठमाडौं : ‘५० लाख दिनुस् ओलीलाई मारिदिन्छु’ भन्दै सामाजिक संजालमा कमेन्ट गरेको अभियोगमा बानेश्वरमा बस्ने सिन्धुपाल्चोकका ३४ वर्षे लाल

राजा वीरेन्द्रको सम्पत्ति बिल्लिबाठ

काठमाडौं  : गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ । सरकारले व्यक्तिलाभका लागि कानुनैसमेत फेरिदिन