ओली सरकारलाई प्रमुख विपक्षी नेताको समर्थन 

विराटनगर, २९ फागुन । प्रमुख विपक्षी नेता शेरबहादुर देउवाले आतंककारी गतिविधि गर्ने समूहमाथि प्रतिवन्ध लगाउने सरकारको निर्णयको समर्थन गरेका छन् ।  देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको भन्दै प्रशंषा पनि गरेका छन् ।

विराटनगर विमानस्थलमा बुधबार सम्वाददाताहरुसँग कुरा गर्दै कांग्रेस सभमापति देउवाले  सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको बताए।     

  देउवाले विखण्डनवादी सोचका सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको बताउँदै ११ बुँदे सम्झौतामा जनमत सङ्ग्रह गर्ने भन्ने सहमति भएको भए त्यो मुलुकको लागि दुर्भाग्य हुने चेतावनी पनि दिए। 
 सभापति देउवाले सर्वोच्च अदालतबाट टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सजाय हुनु निहत्था मृत्यु भएका जनताले न्याय पाएको बताउँदै वार्ताका लागि भनेर प्रहरीलाई हतियारबिना आउन आह्वान गरी प्रहरी र बालकको हत्या गर्नु अपराधी क्रियाकलाप भएको बताए ।

नेपाल एयरलाइन्सले खरीद गरेको वाइड बडी एयर बसमा भ्रष्टाचार भएको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समयको अभावका कारण छलफल गर्न नसेकको बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धमा छानबिन सत्यतथ्य जनतासमक्ष ल्याउनुपर्नेमा उनले जोड दिए। 

 काङ्ग्रेस संसदीय दल बैठक बस्दै

काठमाडौँ, ११ चैत । समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज   बस्दैछ ।  बैठक

 बाबुराम र उपेन्द्रको एकता हुँदै

काठमाडौं । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम एक हुने तयारीमा रहेको बुझिएको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र निवर्तमान

गुटको राजनीति स्वाभाविक : नेता कोइराला

चितवन, १० चैत । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । नेपाली

 किन चौबीस घण्टा टिक्न सकेनन् शशांक ?

काठमाडौं । कांग्रेस महामन्त्री शशांक कोइरालाको अस्थीर अभिव्यक्ति उनकै दलभित्र आलोचनाको बिषय बन्न पुगेको छ । आफ्नै आँगनमा आयोजित होलीको रमझममा उनले