तेह्रसय कर्मचारी कारवाहीको सूचिमा 

काठमाडौँ, २९ फागुन । राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । 

उनका अनुसार छड्के अनुगमन गर्दा कार्यालय समय पालना नगर्ने ८९७ र तोकिएको पोशाक नलगाउने ३४३ कर्मचारीलाई कारवाहीको सिफारिस गरिएको हो । केन्द्रले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई पत्र लेख्दै ती कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको हो । केन्द्रले ४४३ कार्यालयमा रहेका नागरिक बडापत्रको अनुगमन गरेको छ । 

केन्द्रले नियमित रुपमा सरकारी कार्यालयको छड्के अनुगमन गर्ने गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा ५२ जिल्लामा रहेका कार्यालयमा छड्के अनुगमन गर्दा दुई हजार ३७७ कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको थियो । रासस

पोखरामा फरक संचालकहरुको संयुक्त टिकट काउन्टर

पोखरा, ११ चैत । पोखराबाट काठमाडौँका लागि माइक्रोबस सेवा सञ्चालन गर्दै आएका चार बस सञ्चालक समितिले आजदेखि संयुक्त टिकट काउन्टर सञ्चालनमा ल्याएका छन्

 मौसम बदलीसँगै हल्का वर्षाको सम्भावना

काठमाडौँ, ११ चैत । पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल

प्रचण्ड पत्नी सीता हिँडडुल गर्न सक्ने भईन्

काठमाडौं । ११ चैत । अमेरिकामा उपचार गराई रहेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्यमा

चारसय कृष्णसार वेपत्ता 

धम्बोझी, ११ चैत । गुलरिया नगरपालिका–२ खैरापुरमा रहेको विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार लोप हुने अवस्थामा रहेको छ ।  २०४३ सालसम्म कृष्णसारको