राजपाको अवरोधले प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ, २९ फागुन । प्रतिनिधिसभाको आजको पहिलो बैठक राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अवरोधका कारण स्थगन भएको छ ।

सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ गरेको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्ना स्थानबाट उठेर विरोध जनाएका थिए ।

त्यसलगत्तै सभामुख महराले बोल्न समय दिएपछि राजपाका नेता राजकिशोर यादवले मधेश र थरुहट आन्दोलनका घटनाका सम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनका सन्दर्भमा अघिल्लो बैठकमा गृहमन्त्रीबाट आएको जवाफ चित्तबुझ्दो नभएको जनाउँदै उक्त प्रतिवेदन सार्वजनिक नभएसम्म सदन सञ्चालन हुन नदिइने घोषणा गरेका छन् ।

उनले भने, “लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आफूहरुले माग गरेकामा सरकारबाट आलटाल गर्दै गम्भीरतापूर्वक नलिएर हलुका ढङ्गबाट जवाफ आएको छ ।” तत्कालीन आन्दोलनरत मधेसी मोर्चा र शेरबहादुर देउवाको नेतृत्वको सरकारबीच थरुहट आन्दोलनका क्रममा भएका घटनाको छानबीनका लागि आयोग गठन गरिएकामा तीन हजार २६४ मुद्दासहित समेटिएको प्रतिवेदन बुझाइएको थियो ।

राज्यको चरित्र र सरकारको कामकारवाही उदाङ्ग हुने डरले प्रतिवेदन सार्वजनिक नगरिएको आरोप लगाउँदै नेता यादवले थारु र मधेस आन्दोलनलाई बदनाम गराउने र भ्रम छर्ने काम भएको छ भने ।

सांसद यादवले उक्त विषय सदनमा राखेपछि सभामुख महराले सो विषयमा आफूले सरकारलाई निर्देशन गरेको हुँदा आआफ्नो स्थानमा बसेर सदनको बाँकी काम सञ्चालन गर्नका लागि सहयोग पु¥याउन आग्रह गरे । आफ्नो उक्त आग्रहपछि पनि राजपाका सांसदले उठेर विरोध जनाइरहेकाले सभामुखले प्रतिनिधिसभाको पहिलो बैठक १० मिनेटका लागि स्थगन भएको घोषणा गरेका थिए । रासस

 

पोखरामा फरक संचालकहरुको संयुक्त टिकट काउन्टर

पोखरा, ११ चैत । पोखराबाट काठमाडौँका लागि माइक्रोबस सेवा सञ्चालन गर्दै आएका चार बस सञ्चालक समितिले आजदेखि संयुक्त टिकट काउन्टर सञ्चालनमा ल्याएका छन्

 मौसम बदलीसँगै हल्का वर्षाको सम्भावना

काठमाडौँ, ११ चैत । पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल

प्रचण्ड पत्नी सीता हिँडडुल गर्न सक्ने भईन्

काठमाडौं । ११ चैत । अमेरिकामा उपचार गराई रहेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्यमा

चारसय कृष्णसार वेपत्ता 

धम्बोझी, ११ चैत । गुलरिया नगरपालिका–२ खैरापुरमा रहेको विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार लोप हुने अवस्थामा रहेको छ ।  २०४३ सालसम्म कृष्णसारको