मदर टेरेसाको जिवनीमा आधारित बलिउड फिल्म बन्दै

एजेन्सी । पछिल्लो समय बलिउडमा बनेको बायोपिकहरु चल्न थालेपछि निर्माता/निर्देशकहरु बिच बायोपिक बनाउने प्रतिस्पर्धा नै चल्न थालेको छ ।

यहि प्रतिस्पर्धाको क्रममा समाजसेवी मदर टेरेसाको पनि बायोपिक बन्ने भएको हो । ‘मदर टेरेसाः द सन्त’ नामक फिल्म प्रदीप शर्मा, नितिम मनमोहन, गिरीश जौहर र प्राची मनमोहनले बनाउने भएका हुन् । हिन्दी भाषामा बन्ने यस फिल्मको शुटिङ यहि वर्षको अन्त्यतिर शुरु हुने बताइएको छ ।

फिल्मको मुख्य भुमिका अर्थात् मदर टेरेसाको भुमिकाको लागि कलाकार अहिलेसम्म कास्ट नगरिएको बताइएको छ ।

यस फिल्मको लागि बलिउड तथा हलिउडका कलाकारहरु चुनिने थाहा भएको छ । पछिल्लो तीन वर्षदेखि यो फिल्मको कथावस्तु लेखिरहेको सीमा उपाध्यायले बताएकी छिन् ।

सीमाका अनुसार यस फिल्ममा साधारण मानिसले मदर टेरेसाको बारेमा थाहा नपाएका विषयवस्तुहरु देखाइने भएकोले पनि यो फिल्म विशेष रहनेछ ।

 

१७ वर्षपछि को बन्छ करोडपतिको अंग्रेजी संस्करण बन्द हुँदै

एजेन्सी । प्रश्नको सहि जवाफ दिएर टन्नै पैसा जित्न सकिने रोचक टेलिभिजन शो ‘हु वान्ट्स टु बी मिलिनियर’ बन्द हुने भएको छ । सन् २००२ मा सुरु गरिएको यस

सलमान खानले शेयर गरेको फोटोमा ऐश्वर्याको मुहार हटेपछि...

  एजेन्सी । बलिउडका सुपरस्टार सलमान खानको फ्यान फलोइङ ठुलो रहेको छ । उनको औसत फिल्मले पनि सयौ करोडको कारोबार गर्ने गरेकोले पनि फिल्म उद्योगमा

फरहान अख्तर भए ट्रोलको शिकार

एजेन्सी । बलिउडका स्टार फरहान अख्तर पछिल्लो समय चुनाव सम्बन्धी ट्वीटका कारण चर्चामा छन् । उनका पिता जाभेद अख्तरले खुलेरै भारतका क्रान्तिकारी नेता

प्रियंका चोपडा गर्भवति रहेको दाबी, यस्तो छ आधार

एजेन्सी । बलिउड र हलिउडकी नायिका प्रियंका चोपडाको बारेमा मिडियामा चर्चा हुनु नौलो विषय रहेन । सेलिबे्रटी गायक निक जोनससँग विवाह गरेकी उनको हरेक