महान क्रिकेटर ब्रायन लाराको कथन, ‘नरिवलको हाँगाबाट बनेको ब्याटले क्रिकेट सिकें’

एजेन्सी । विश्व क्रिकेटमा अति सम्मानित नाम मध्येका एक ब्रायन लाराले क्रिकेटमा अनेक किर्तिमान कायम गर्न सफल भए ।

सामान्य पृष्ठभुमीबाट उकासिएका लाराले खेल जिवनको शुरुवातमा नरिवलको हाँगाबाट बनेको ब्याटले क्रिकेट सिकेको बताए । उनको दाइले बनाएको उक्त ब्याट पेन्टीङ गर्ने ब्रस जस्तो भएको र उनी चार वर्षको हुँदा पहिलो पटक ब्याटिङ गर्नको लागि सोही ब्याटको प्रयोग गरेको खुलासा गरे ।

आईसीसी ३६० मा कुरा गर्दै उनले भने, ‘म चार वर्षको हुँदा दाइले मलाई नरिवलको हाँगाबाट ब्याट बनाएर दिए, त्यसबाटै क्रिकेट खेल्न सिंके । सबैलाई थाहा भएकै कुरा हो, क्यारेबियन क्षेत्र गर्मी स्थान भएकाले त्यहाँको मान्छेले नरिवलको रुख मन पराउँछन् ।’

उनले थपे, ‘मलाई सडकमा खेलिने क्रिकेटप्रति विश्वास छ । हामी त्यहाँ जे पाइन्छ, त्यसैले खेल्थ्यौं, चाहे त्यो हाँगाबिंगा नै किन नहोस् । म अन्य खेलहरु पनि खेल्थें ।’
लाराले टेष्ट क्रिकेटमा १३१ खेल खेल्दै प्रति इनिङ ५२.०९ को औसतमा  ११ हजार ९ सय ८३ रन बनाएका छन् । उनले इंग्ल्याण्ड विरुद्ध एकै इनिङमा नटआउट ४०० रन बनाएको किर्तिमान आजसम्म कसैले तोड्न सकेका छैनन् ।

त्यस्तै उनले २९९ एक दिवसिय अन्तर्राष्ट्रिय खेल्दै ४०.४८ को औसतमा १०४०५ रन बनाए । उनले प्रथम श्रेणीको क्रिकेटमा पनि एकै इनिङमा नटआउट ५०१ रन बनाएका छन् ।

आफ्नो खेल स्थानीय स्तरमा कायम रहँदाको क्षण सम्झदैं उनले भने, ‘हामीले क्यारेबियनमा क्रिकेट खेल्दा त्यसबेला मौसमी आधारमा मात्र सम्भव हुन्थ्यो । पानी पर्ने सिजनमा हामी फुटबल र टेबल टेनीस खेल्थ्यौं । अन्य खेल भन्दा मेरो क्रिकेट चाहिं उत्कृष्ट हुँदै गएको मलाई महसुस भइराखेको थियो । त्यसबेला मेरो बुवाले निर्णय गरेपछि मैले फुटबल खेल्न कम गरें र क्रिकेट बढि खेल्न थालें । ’

पितालाई सम्झदैं लाराले भने , ‘मेरो बुवालाई क्रिकेट मनपथ्र्यो, उहाँले गाउँमा क्रिकेट लिग नै संचालन गर्नुहुन्थ्यो । मैलें राम्रो प्रदर्शन गरोस् र मलाई चाहिने सबै पुगोस् भनेर बुवाले आफुसँग भएसम्मको त्याग गर्नहुन्थ्यो । ’

 

क्रिश गेल ‘चन्चले’ खेलाडी

एजेन्सी । वेष्ट इन्डिजका विस्फोटक ब्याटसम्यान क्रिश गेल आक्रामक खेलको लागि प्रख्यात छन् । यो बाहेक उनले अन्तर्वार्तामा गर्ने रमाइलो पनि उनको परिचय

 आठौँ राष्ट्रिय खेलकूदमा एनआरएनएका २४ खेलाडी

काठमाडौं । आठौँ राष्ट्रिय खेलकूदमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)बाट २४ खेलाडी सहभागी हुने भएका छन् ।  सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र

आठौँ राष्ट्रिय खेलकूद चैत २७ मा सुरु हुने

राँझा । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन समारोह यही चैत २७ गते हुने निश्चित भएको छ ।   यस खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा

आईपीएलमा दिल्लीको खेल आज, सन्दीप सुरुवाती ११ मा पर्लान् ?

काठमाडौं, १० चैत । गत वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) बाट विश्व क्रिकेटमा चर्चित हुँदै आएका स्टार लेगस्पीनर सन्दीप लामिछाने यो सिजनको लागि तयार