युरोपियन युनियनको कालोसूचीमा १० वटा देशको नाम थपियो

ब्रसेल्स, २९ फागुन । युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ ।

संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुत पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो ।

अब युरोपियन युनियनको कालोसूचीमा रहने देशको सङ्ख्या १५ पुगेको छ । सन् २०१७ बाट युरोपियन युनियनले कालो सूचीमा राख्ने प्रक्रिया शुरु गरेको थियो । पनामा पेपरस र लक्सलिक्स जस्ता भष्ट्राचारी काण्डलाई सन् २०१७ मा समेटिएको थियो ।

युरोपियन युपियनले अन्य सात राष्ट्रलाई भने खैरो सूचीमा राखेको जनाएको छ । अरुबा, बेलिज, बरमुडा फिजी, ओमन, भानुआटु र डोमिनिका खैरो सूचीमा परेका हुन् । रासस/एएफपी

 

ताजकिस्तानको जेलमा ३२ जनाको मृत्यु

डुशान्बे, ६ जेठ । ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा

चुनावी मतसर्वेक्षणको नतिजा गलत छ – शशी थरुर

नयाँदिल्ली, ६ जेठ । भारतीय कङ्ग्रेस पार्टीका वरिष्ट नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको भन्दै त्यसलाई अस्वीकार गरेका छन् ।

स्कूट एयरवेजको बिमान चेन्नाईमा आकस्मिक अवतरण

चेन्नाई, ६ जेठ । सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको बिमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई बिमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । विमानस्थल

ब्राजिलमा गोली चल्यो, ११ जनाको मृत्यु

ब्राजिल, ६ जेठ । ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार उक्त