बिहीबार पूर्व राजाको नागरिक अभिनन्दन

काठमाडौं । केही सातादेखि तराईतिर बस्दै आएका पूर्व  राजा ज्ञानेन्द्र शाहलाई भोलि बिहीबार नागरिक अभिनन्दन गरिने भएको छ । पूर्व राजाको नागरिक अभिनन्दन गर्न सर्लाहीको सदरमुकाम मलंगवामा निकै ठूलो तयारी गरिएको बुझिएको छ ।

स्थानीय नागरिकका तर्फबाट भनिएको अभिनन्दनमा सहभागी हुन सर्लाही वरपर र पूर्वका जिल्लाहरुबाट समेत राजावादीहरुलाई आमन्त्रण गरिएको थाहा भएको छ । 

अभिनन्दन आयोजनामा पूर्वगृह राज्यमन्त्री सोनेलाल राय यादवले नेतृत्व गरेको ५५१ सदस्यीय समिति बिगत तीन महिनादेखि सक्रिय थियो । 

पूर्व राजा नागरिक अभिनन्दन ग्रहण गर्न विहिबार बिहान स्थलमार्गबाट नवलपुर हुँदै सदरमुकाम मलंगवा पुग्ने कार्यक्रम आयोजकले बताएका छन् ।
मलंगवा–४ स्थित शिवसागर चोकमा नागरिक अभिनन्दन ग्रहण गर्ने र त्यसपछि मलंगवाको केन्द्रमा रहेको भगवती मन्दिरमा दर्शन र पूजापाठ गरीसकेपछि स्थानीय नागरिकहरुसँग भेटघाट भेटघाट गर्ने कार्यक्रम रहेको बताईएको छ ।

मलंगवाको कार्यक्रम सकेर पूर्व राजा प्रदेश नं. २ को राजधानी जनकपुरधाम र त्यसपछि उदयपुर जिल्लामा आयोजना हुने नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुुने बताइएको छ ।
 

मृत्यु भैसकेका कर्मचारीको सडक विभागमा सरुवा !

काठमाडौं । कर्मचारी समायोजनका क्रममा १५ वर्ष अघि नै निधन भएका कर्मचारीको सडक विभागमा सरुवा गरिएको पाइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको

अभद्र व्यवहार गर्ने विद्यार्थी पक्राउ

चितवन, ७ जेठ । प्रहरीले चितवनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि सङ्कायका सहायक डिन प्रा विष्णुराज ओझालाई कालोमोसो दल्ने छ

अठचालीस मेनपावरको कारोवार बन्द

काठामडौँ, ७ जेठ । तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका

फोक्सुण्डोमा युवा मृत फेला

खलङ्गा ७ जेठ । डोल्पाको शे–फोक्सुण्डो खोलामा जुम्लाका एक युवाको शव फेला परेको छ । शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित फोक्सुण्डो खोलामा शव