सरकारले चन्द नेतृत्वको नेकपालाई नियन्त्रण गर्ने

काठमाडौँ, २८ फागुन । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई नियन्त्रण गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद् बैठकपछि रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने, “उहाँहरु (विप्लव नेतृत्वको पार्टी) ले राजनीतिक चरित्र गुमाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्नु राज्यको कर्तव्य हो । सोहीअनुसार सरकारले त्यस्ता गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको हो ।” 

सरकारले आह्वान गर्दा पनि सो समूह वार्तामा नआएको र विकासनिर्माणमा अवरोध पु¥याउनाका साथै विस्फोटन गराएकाले त्यसको गतिविधि नियन्त्रण गर्ने अवस्था आएको जनाइएको छ । उक्त समूहको गतिविधि आपराधिक भएको निष्कर्ष निकाल्दै उसको गतिविधि निषेध गर्ने निर्णय गरिएको बताइएको छ । 

 काङ्ग्रेस संसदीय दल बैठक बस्दै

काठमाडौँ, ११ चैत । समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज   बस्दैछ ।  बैठक

 बाबुराम र उपेन्द्रको एकता हुँदै

काठमाडौं । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम एक हुने तयारीमा रहेको बुझिएको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र निवर्तमान

गुटको राजनीति स्वाभाविक : नेता कोइराला

चितवन, १० चैत । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । नेपाली

 किन चौबीस घण्टा टिक्न सकेनन् शशांक ?

काठमाडौं । कांग्रेस महामन्त्री शशांक कोइरालाको अस्थीर अभिव्यक्ति उनकै दलभित्र आलोचनाको बिषय बन्न पुगेको छ । आफ्नै आँगनमा आयोजित होलीको रमझममा उनले