पत्नीको सल्लाहले शाकाहारी बने यी फुटबलर

एजेन्सी । म्यानचेष्टर युनाइटेडका स्टार फुटबलर क्रिश स्माइलीङ शाकाहारी बनेको खबर बाहिरिएको छ । आफ्नो मोडल श्रीमती सेम कूकको सल्लाह उनि शाकाहारी बनेको थाहा भएको छ ।

सामान्यता फुटबलरहरुको खानाको ‘मेन्यू’ मा प्रशस्तै मांशहारी खानाहरु हुने भएपनि स्माइलीङले आफु शाकाहारी बन्न चाहेको र यसको लागि प्रशिक्षक ओले गन्नर सोल्स्केयर र टोलीका अन्य सदस्यहरुलाई पनि मनाइसकेको बताइएको छ ।

उनको श्रीमती सेम कूकले युनाइटेडका क्याटरीङ स्टाफहरुलाई स्माइलीङलाई मनपर्ने केही शाकाहारी खानाको विवरण दिएको र सेफहरुले सोही अनुसार खाना उपलब्ध गराउन थालेको बुझिएको छ ।

स्माइलीङ आफ्नो यस कदमको श्रेय श्रीमतीलाई दिएका छन् । उनले घरमा खाना खाँदा श्रीमतीले बनाएको खाना मिठो पनि लागेको र यसले आफ्नो स्वास्थ्यलाई प्रशस्तै फाइदा पुगेको महसुस गरेको बताएका छन् ।

उनले आफुले मांसहारी खाना त्याग्गेपछि राम्रो खान्की भएको महसुस भएको बताएका छन् । सागसब्जी मात्र होइन अन्य खानाले पनि प्रोटिन प्रशस्तै पाएको तथा खानाको विकल्प पनि प्रशस्तै भएको उनले बताए ।

उनले आफु फुटबलर भएको कारण धेरै टाढा जानुपर्ने र यस क्रममा बुफेमा जे पाइन्छ त्यहि खाने गरेको खुलासा गरे । सुरुवातमा आफु शाकाहारी भएपछि आफुलाई चाहिने खाना बनाउन सेफलाई समस्या भएको र श्रीमतीसँग भेटेपछि अहिले सेफले आफुलाई चाहिने जस्तै खाना दिने गरेको बताए ।

श्रीमतीको सल्लाहले आफुले अहिले स्वादिलो र स्वस्थ्य खान पाएकोमा उनिप्रति कृतज्ञता व्यक्त गर्दै स्माइलीङ भन्छन्, ‘यहि कारण अहिले म अझैं स्वस्थ्य महसुस गरिरहेको छु । ’

 

बिमल र खवास बिनाको नेपाली टोली घोषणा

काठमाडौं, ६ जेठ । मलेसिया र चाइनिज ताइपेई विरुद्ध खेल्न नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।  प्रशिक्षक योहान कलीनको नेतृत्वमा घोषणा गरिएको

सोसल मिडियामा चम्किए विराट कोहली

एजेन्सी । भारतीय क्रिकेटरहरु खेलाडीमा मात्र सिमित नभएर सेलिब्रेटीको हैसियतमा हुने गरेका छन् । ठुलो जनसंख्या भएको भारतमा क्रिकेटरहरुको फ्यान फलोइङ

क्यान्सर रोगका कारण क्रिकेटर आसिफकी दुई वर्षिय छोरीको मृत्यु

एजेन्सी । इंग्ल्याण्ड विरुद्धको सिरिज खेलिरहेका पाकिस्तान क्रिकेटर आसिफ अलीलाई गम्भिर पारिवारिक समस्या आइलागेको थाहा भएको छ । उनको दुई वर्षिय छोरी

सीपीएलमा सन्दीप लामिछानेले पुरानै टिमबाट खेल्ने सम्भावना

काठमाडौं, ५ जेठ । स्टार लेग स्पीनर सन्दीप लामिछानेलाई सेन्ट  किट्स एण्ड नेभिस पेट्रियोट्सले ‘रिटेन’ गर्ने सम्भावना रहेको थाहा भएको छ