वर्ल्डलिङ्कले निःशुल्क इन्टरनेट सेवा दिने


काठमाडौँ, २७ फागुन ।  इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । 

कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वर्ल्डलिङ्कका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले दिए। वर्ल्डलिङ्कले अहिले तीन हजार ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको छ । 

सेवाग्राहीले एकपटकमा ‘लगइन’ गरेपछि करीब एक घण्टा ३० मिनेट निःशुल्करूपमा इन्टरनेट चलाउन सक्नेछन् । कम्पनीले पर्यटकीय क्षेत्र, बजारका मुख्यमुख्य स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आइरहेको छ । 

यसैगरी अधिकांश स्थानीय तहमा इन्टरनेट पु¥याएको वल्र्डलिङ्कले सन् २०२२ सम्म सबै स्थानीय तहमा इन्टरनेट सेवा पु¥याउने प्रमुख कार्यकारी निर्देशक नेपालले बताए। 

इन्टरनेट विस्तार गर्ने क्रममा वल्र्डलिङ्कले चार महीनामा करीब एक लाख जनालाई सेवा सुविधा विस्तार गर्ने तयारी रहेकोसमेत उनले जानकारी दिए। विसं २०५२ मा स्थापना भएको मुलुककै पुरानो इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिङ्कका अहिले दुई लाख ८० हजार सेवाग्राही रहेका छन् । तीन वर्षअघिसम्म कम्पनीका ३५ हजार मात्र सेवाग्राही रहेका थिए । प्रमुख कार्यकारी निर्देशक नेपालले दुर्गम क्षेत्रमा पनि इन्टरनेट पु¥याउन क्षमतासमेत विस्तार गरिएको बताए। 

नेपालका अनुसार कर्णाली प्रदेशका विकट जिल्ला हुम्ला, जुम्ला, डोल्पा र मुगुसहित अन्नपूर्ण बेसक्याम्पमा समेत यस वर्ष उच्च गतिको इन्टरनेट सेवा पु¥याइनेछ । यस्तै एक वर्षभित्रमा दार्चुला, बझाङ, बाजुरा, सोलुखुम्बु र ताप्लेजुङमा समेत आफ्नो इन्टरनेट सेवा विस्तार गर्ने उनले सुनाए। 

फोल्ड गर्न मिल्ने स्मार्टफोन बनाउने सामसुङ पहिलो कम्पनी

सानफ्रान्सिस्को, ९ फागुन । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

 क्यान इन्फोटेक वीरेन्द्रनगरमा हुने

सुर्खेत । वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय क्यान इन्फोटेक आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) सुर्खेतको आयोजनामा फागुन

अमेरिकी बजारमा भिडियो गेमको व्यापार अर्बौ डलर

सान फ्रान्सिस्को, १० माघ । “फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब

 धौलागिरि क्षेत्रमा गुणस्तर सुधार्दै टेलिकम  

बागलुङ । धौलागिरि क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार र गुणस्तर सुधारको काम तीव्र बनेको छ ।  पूर्वाधार र प्रविधिमा गरिएको सुधारले सेवा स्तरीय