पीएसएलबाट बाहिरियो लाहोर, आज अन्तिम खेल खेल्दै

एजेन्सी । आइतबार भएको कराँची किंग्स र क्वेट्टा ग्लाडियटर्सको खेलमा नाटकीय नतिजा निस्कीएपछि जारी पाकिस्तान सुपर लिग (पीएसएल) बाट लाहोर कलन्दर्स बाहिरिएको छ ।

उक्त खेलको अन्तिम ओभरमा ५ रन बनाउनु पर्ने ग्लाडियटर्सले ३ रन मात्र बनाउँदै ३ विकेट गुमाएपछि खेलमा कराँची विजय भएको हो । उक्त नतिजाले कराँचीले ९ खेलमा १० अंक बनाउन सफल भयो ।

अर्कोतर्फ लाहोरले ९ खेलमा ६ अंक मात्र जोडेको र आजको खेलमा जितेपनि ८ अंक मात्र हुने भएकोले लाहोरको प्लेअफ सम्भावना समाप्त भइसकेको छ । अन्तिम खेलमा लाहोरले यसअघि प्रतियोगिताबाट बाहिरिइ सकेको मुल्तान शुल्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउसो २ः४५ मा हुने तालिका रहेको छ ।

शिर्ष दुईमा पर्ने सम्भावना बोकेको लाहोरले पछिल्लो तीन खेलनै लगातार हारेपछि छ टोली सम्मिलित यस प्रतियोगिताको पाँचौ स्थानमा पुगेको छ । अन्तिम खेल हारेमा अंक तालिकाको पुछारमा पुग्ने सम्भावना पनि देखिएको छ ।

यसअघि मुल्तानसँग खेलिएको पहिलो लेग खेलमा लाहोर ६ विकेटले विजयी भएको थियो । सन्दीपले उक्त खेलमा ४ ओभर बलिङ गर्दै ४६ रन खर्चिएर ३ विकेट लिएका थिए ।  

 

हृदयघात भइ फुटबल मैदानमै ढलेका रेफ्रीको मृत्यु

एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको ए डिभिजन फुटबल खेलको क्रममा रेफ्रीको मृत्यु भएको छ । आइतबार भएको खेलमा ३१ वर्षिय रेफ्री भिक्टर ह्युगो

विश्वकप टोलीबाट हटाइएका जुनेद खानको यस्तो विरोध

एजेन्सी । एकदिवसिय क्रिकेटको विश्वकप शुरु हुन अब केहि दिनमात्र बाँकि रहेको छ । विश्वकपमा सहभागि टोलीहरु यहि प्रतियोगिता लक्षित गर्दै आफ्नो अन्तिम

खेलाडी चढेको डुंगा पल्टिँदा ९ जनाको मृत्यु, १८ जना बेपत्ता

एजेन्सी । युगान्डाको पश्चिमी जिल्ला होइमाका ५० फुटबल खेलाडीहरु सवार रहेको डुंगा एल्बर्ट तालमा पल्टेको खबर आएको छ । घटनामा परेका ९ जनाको मृत्यु

बिमल र खवास बिनाको नेपाली टोली घोषणा

काठमाडौं, ६ जेठ । मलेसिया र चाइनिज ताइपेई विरुद्ध खेल्न नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।  प्रशिक्षक योहान कलीनको नेतृत्वमा घोषणा गरिएको