लायन्स नेतृत्वका लागि भट्ट सर्वसम्मत

काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वि २ को सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा चितवनका रामप्रसाद भट्ट सर्वसम्मत चयन भएका छन् । डिष्ट्रिक्ट ३२५ बि २ को आगामी चैत्र २ गते बुटवलमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

लायन्स क्लब इन्टरनेशनलको नेपालमा चारवटा डिष्ट्रिक्ट रहेका छन् । यीमध्ये डिष्ट्रिक्ट ३२५ वि २ ले सवैभन्दा ठूलो  क्षेत्र ओगटेको छ ।

काठमाडौं, चितवन, हेटौंडा, वीरगंज, भैरहवा, बुटवल नवलपरासी, पाल्पा, नेपालगंज, दाङ, बर्दिया, सुर्खेत, धनगढी, महेन्द्रनगर लगायत कर्णालीका केही जिल्ला  समेटिएको छ ।

उन्नाइस बर्षदेखि लायन्स क्लवमा आवद्ध रामप्रसाद भट्ट चितवनका परिचित उद्यमी हुन् । बैंक, विद्यालय, अस्पताल लगायतका एक दर्जन व्यवसायिक प्रतिष्ठानमा उनको संलग्नता रहेको छ ।

विभिन्न सामाजिक संघ संस्थाको कुशल नेतृत्व गरिसकेका उनले लायन्स क्लवको नेतृत्वका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय तालिम प्राप्त गरेका छन् । लायन्स क्लव इन्टरनेशनलको विधान अनुसार भट्टसँगै फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा हेटौंडाका शम्भु नकर्मी र डिष्ट्रिक्ट गभर्नरमा काठमाडौंका अनुपकुमार पहारीलाई उक्त महाधिवेशनले निर्वाचित गर्नेछ । लायन्सको विधान अनुसार एक जनामात्रै उमेदवार भएपनि ‘यस भोट’ लिनु पर्ने व्यवस्था छ ।

पोखरामा फरक संचालकहरुको संयुक्त टिकट काउन्टर

पोखरा, ११ चैत । पोखराबाट काठमाडौँका लागि माइक्रोबस सेवा सञ्चालन गर्दै आएका चार बस सञ्चालक समितिले आजदेखि संयुक्त टिकट काउन्टर सञ्चालनमा ल्याएका छन्

 मौसम बदलीसँगै हल्का वर्षाको सम्भावना

काठमाडौँ, ११ चैत । पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल

प्रचण्ड पत्नी सीता हिँडडुल गर्न सक्ने भईन्

काठमाडौं । ११ चैत । अमेरिकामा उपचार गराई रहेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्यमा

चारसय कृष्णसार वेपत्ता 

धम्बोझी, ११ चैत । गुलरिया नगरपालिका–२ खैरापुरमा रहेको विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार लोप हुने अवस्थामा रहेको छ ।  २०४३ सालसम्म कृष्णसारको