आफैंभित्रको सद्गुणहरु किन चिन्दैन मानिस

मानिसको जन्म अमूल्य छ । फेरि यस्तै जन्म पाइयोस्, त्यसको कुनै ग्यारेन्टी छैन । यो मानिसको जन्म बारबार पाइँदैन । जान्ने मानिसहरु यसै भन्छन् । अब यो मानवचोला बारबार किन पाइन्न ? मनमा प्रश्न उठ्न सक्छ । अहिले मानिस भएर जन्मियो भने फेरि पनि जन्मिइहालिन्छ नि । मृत्यु भएपछि जन्म हुन्छ, यो सुनिश्चित छ र जन्मेपछि मर्छ यो पनि सुनिश्चित छ । एउटै शृंखला हो भनेपछि यो मानव जुनीचाहिँ किन नपाउने ? जान्ने मानिसहरु भन्छन्, मानवजुनी दुर्लभ छ । अरु जन्म पाइन्छ । सजिलो छ । वनस्पति बन्न सकिएला । कीरा, फट्यांग्रा बन्न सकिएला । पशुपंछी इत्यादि बन्न सकिएला । तर मानवचोला कठिन छ । मानवचोला किन कठिन छ भने हामीले कसैलाई केही दियौं भने हामीले दिएको चीजको सदुपयोग गर्यो  भने त्यसलाई हामी दिन्छौं । फेरि दिन्छौं । दिन मनलाग्छ ।

कुनै मानिस भोकाएको थियो, हामीले खानेकुरा दियौं, त्यो मानिसले प्रेमपूर्वक खानेकुरा खायो, खानेकुराको सदुपयोग गर्यो  भने फेरि खान दिन मनलाग्छ । तर, तपाईंले खानेकुरा दिनुभयो त्यसले खाएन, त्यसको दुरुपयोग गर्यो भने फेरि दिन मन लाग्छ ? ‘अस्ति दिएको थियो नि, सदुपयोग गरिस् भाइ ? गरिनस् । अब फेरि पाउँदैनस् ।’ यसकारणले मानव जुनी दुर्लभ छ । कुनै पनि चीजको हामीले सदुपयोग गरेनौं भने त्यो चीज फेरि पाइँदैन । यो कुरा निश्चित हो । प्रकृति यस्तै छ ।

हामी कुनै चीज कसैलाई दिन्छौं, त्यसले सदुपयोग गरेन भने हामी फेरि त्यसलाई त्यो चीज दिँदैनाँै भने ईश्वरले कसरी दिन्छ ? हाम्रो र ईश्वरको आदत उस्तै हो । एउटै हो । उसको र हाम्रो स्वभाव मिल्छ, आदत मिल्छ । प्रकृतिको र हाम्रो आदतमा भिन्नता छँदै छैन । किनभने हामी पनि प्रकृतिका उपज हौं । उसको स्वभाव हामीमा आएको छ । कुनै पनि उपहार कसैलाई दिन्छौं उसले त्यो उपहारको अपमान ग¥यो भने हामी फेरि उपहार दिँदैनौं । त्यसैले हाम्रो मानवजीवन फेरि पाउन कठिन यसकारण छ कि मानवहरुले यो मानव हुनुको प्रयोग गरे कि गरेनन् ? मानिसभित्र सुख भोग्ने यति धेरै क्षमता छ, आफूभित्र यति धेरै सम्पदा छ । यस्तो चमत्कार छ । यो चमत्कार चमत्कारै रह्यो, मान्छेले थाहा पाएन । मेरो मनको कति शक्ति छ ? मानिसलाई थाहा छैन । मेरो बुद्धिको शक्ति कति छ, त्यो पनि थाहा छैन । मानिस के–के चीज प्राप्त गर्न सक्छ ? कति क्षमतावान् छ, आफ्नो क्षमता आफैंलाई थाहा भएन र यो क्षमताको सदुपयोग गर्न सकेन । जे दिएको हो कुहिएर गयो । प्रयोगै गरेनौं । भगवान्ले मानिसमा यति धेरै सम्पत्ति, सम्पदाहरु दिएर पठाएको छ, यति अरु कसैलाई छैन ।

कुनै पनि पशु विकसित हुन सक्दैन । पशु त प्रकृतिले जस्तो बनायो त्यस्तै मात्रै छ । यो पशु सय वर्षअगाडि यस्तो थियो आज सय वर्षपछाडि विकसित भएर यहाँ पुगेछ भन्ने छैन । सय वर्ष पहिलेको पशुले जंगलको घाँस खान्थ्यो, सय वर्ष पछाडिको पशुले आफैं घाँस उत्पादन गर्न थालेछ, मीठो–मीठो घाँस आफैं बनाएर खान थाल्यो भन्ने छैन । उसले त जस्तो भेट्छ उस्तै खान्छ । तर मानिस फरक छ । सय वर्षअगाडिको मानिस र सय वर्ष पछाडिको मानिसको रहनसहनमा फरक छ । उसको प्रगतिमा फरक छ । कति वृद्धि भयो ? मानिसले मात्रै गर्न सक्छ । मानिस मात्रै जे स्थितिमा छ, त्योभन्दा धेरै विकसित गर्न सक्छ, आफूलाई उचाइमा लैजान सक्छ । हामीले आफ्नो जीवनलाई उचाइमा लग्यौं कि लगेनौं ? हाम्रो जीवनलाई हामीले जति विकसित गर्न सक्थ्यौं, गर्यौं कि गरेनौं ।

मानवजीवन गुनासो गर्न बनेको हैन, अरुको आलोचना गर्न बनेको हैन । श्रीमान्–श्रीमती झगडा गर्न यो मानिस बनेको हैन । यो त प्रगतिको लागि बनेको हो । झगडा गर्न त पशुले पनि जान्दछ । झगडा गर्नु पशुत्व हो । मानवीयतातिर उठ्यौं कि उठेनौं ? मानव हुनुको गरिमा हामीसँग छ कि  छैन ? हामीले आफूलाई कत्तिको उचाइमा लिएर गयौं । यसको आधारमा मानवजुनी पाइन्छ । किनभने मानिसले मात्रै अरुको भलाइमा जीवनलाई प्रयोग गर्न सक्छ । अरुले सक्दैन । यो सामथ्र्य मानवले मात्र पाएको छ । कुनै एउटा पशुले अरु पशुको हितको लागि अरुको सेवामा आफ्नो जीवन समर्पित गर्न सक्दैन ।

यो पशुले चाहिँ अरुको जीवनको लागि सेवा गर्यो  यो पशुले चाहिँ गरेन भन्ने हुँदैन । उसलाई त प्रकृतिले जे गर्नु भनेको छ त्यही गर्छ । त्यसबाहेक अरु केही गर्दैन । मानिसले मात्रै सबैको हितमा काम गर्न सक्छ । मानवको मात्रै हैन, उसले त वनस्पति, पशुपंछी सम्पूर्ण चराचर जगत सबैको हितमा काम गर्न सक्ने सामथ्र्य मानिसमा छ । यो सामथ्र्यलाई प्रयोग गर्यो कि गरेन ? आफू पनि सुखी र अरुलाई पनि सुखी, आफू पनि विकसित र अरुलाई पनि साथसाथमा विकासको गतिमा मानिसले लिएर जान सक्छ । यो मानिसभित्र रहेको अद्वितीय क्षमता, यसलाई मानिसले प्रयोग गर्यो कि गरेन ? गरेन भने त फेरि पाइन्न । जे चीज प्रयोग गर्दैन त्यसले फेरि त्यो चीज प्राप्त गर्दैन । यो प्रकृतिको नियम हो ।

मैले मभित्र भएको सम्पदालाई प्रयोग गरें कि गरिनँ । आफैंभित्र रहेका क्षमताहरुलाई चिनेँ कि चिनिनँ ? मभित्र बुद्धि छ, विवेक छ, प्रेम छ, करुणा छ, दया छ, श्रद्धा छ, भक्ति छ, यस्ता सद्गुणहरुलाई प्रयोग गरेँ कि गरिनँ ?

या पशुमा जस्तै दुर्गणहरु पनि हामीमा छन् । मानिसमा हुनुपर्ने सद्गुणहरु पनि हामीमा छन् । अनि पशुमा हुने दुर्गुणहरु पनि हामीमा छन् । झगडा गर्ने, आफ्नो स्वार्थका लागि मात्रै काम गर्ने, आफू खान पायो, आफू लाउन पायो, आफू खुसी भयो, पुग्यो । अरु कसैलाई वास्ता नगर्ने, यो पशुको स्वभाव हो । पशुले त्यही गर्छ । मेरो सँगै बसेको साथीले खान पायो कि पाएन ? उसलाई पनि अतिकति खाना राखिदिउँ भनेर कुनै पनि पशुले साथीको लागि खाना छुट्याउँदैन । आफैं मात्रै खान्छ । त्यसैगरी आफ्नो लागि मात्रै कर्म गर्यौं  भने हामीले पशुको कर्म गर्यों । यदि सर्वहिताय सबैको लागि दया, सबैको लागि प्रेम, सबैलाई सद्भाव, सबैप्रति श्रद्धा, सम्मान यो चाहिँ पशुले गर्दैन । यो काम गर्यौं भने हामी मानिस भयौं । जस्तो चीजलाई हामी प्रयोग गर्छौं हामीले त्यही चीज पाउँछौं । ममात्रै राम्रो बनौं, म खुसी होऊँ, मै खाऊँ, मै लाऊँ, ममात्रै मोज गरौं भन्ने भाव छ भने यो पशुको भाव हो र अर्को योनी पशुको पाइन्छ । बडो सजिलो छ । तर, अरुप्रति श्रद्धा, दया, करुणा, अरुको प्रशंसा, अरुको हित, अरुको सेवा यी गुणहरु पशुमा छैन । जुन पशुमा जे गुण छ, त्यो मात्रै गर्छ । हामीले त्यो पशुको भन्दा फरक गुण मानवको गुणलाई प्रयोग गर्यौं भने हामी अर्को जन्ममा मानव  बन्छौं ।

यो सुनिश्चित छ । मानव जन्म हुँदैन हैन, यो प्राप्त गर्न सकिँदैन हैन, सकिन्छ । तर, मानवको जस्तो व्यवहार गर्यौं, मानवीय गुणलाई प्रयोग गर्यौं भने फेरि अर्को जन्म मानवकै हुन्छ । पशुको गुणलाई प्रयोग गर्यौं भने अर्को जन्म पशुकै हुन्छ । किनभने जुन चीज तपाईंले बढी प्रयोग गर्नुभयो, दिनेवालाले त त्यही दिन्छ । जे प्रयोग गर्नुहुन्छ तपाईंले त्यस्तै योनी पाउनुहुन्छ । हामी सबैले त्यस्तै पाउँछौं । त्यसैले आफूभित्रको क्षमतालाई जानौं । म मानव छु भने मानव हुनुको गुण के हो ? हामी जनावरको मासु खान्छौं । अरुको मासु खान्छौं । आश्चर्य छ । पशुले पो अर्काको मासु खान्छ । उसलाई थाहा छ उसको त आहारा त्यही बनेको छ । किनभने उसमा विवेक छैन । एउटा बाघले एउटा मृगलाई समातेर खाँदाखेरि आहा यसलाई दुख्दोरहेछ विचरा भन्ने भाव आउँदैन ।

प्रकृतिले त्यस्तो बनाएको छैन । तर मानिसको कहीँभित्र छट्पटाहट हुन्छ । मानिसभित्र दया छ, प्रेम छ, करुणा छ, अरुलाई मार्नु हुँदैन, अरुलाई दुःख दिनु हुँदैन भन्ने विवेक मानिसभित्र छ र यो विवेक प्रयोग गरेन भने त्यो व्यक्ति पशु भयो । किनभने पशुले विवेक प्रयोग गर्दैन । तर, मानिसभित्र त दया छ नि त । परमात्माले मानिसभित्र प्रेम हालिदिएर पठाएको छ । अनि त्यसलाई प्रयोग गरेनौं र हामीले पशुको जस्तै व्यवहार गर्यौं,अरुलाई सताउने, दुःख दिने, मार्ने, अरुको शरीर मारेर खाने, अब यस्तालाई फेरि अर्को मानवशरीर कसरी दिने ?

अब मानवजीवन बडो दुर्लभ छ । यदि हामीले आफूभित्रका सद्गुणहरुलाई प्रयोग गर्यौं भने फेरि दुर्लभ छैन, मानवजुनी पाइन्छ, सहज छ  । मानवमात्रै हैन, हामीले उत्कृष्ट गर्भ पाउँछौं । अर्कोपटकको जन्ममा सबै कुरा वातावरण मिलेको राम्रो गर्भ पाउँछौं । यो हामीले उपलब्ध गर्छौं । हैन भने पशुको गर्भ त सुनिश्चित छँदैछ नि । नजन्मिई सुख छैन । जन्मियो यसको अर्थ मर्नुपर्छ निश्चित छ । सत्य हो । यदि जन्मेपछि मर्नु सत्य हो भने मरेपछि जन्मिनु पनि सत्य हो । मरेपछि जन्म सुनिश्चित छ । यसमा कुनै दुईमत छैन । किनभने रात प¥यो यसको अर्थ भोलि दिन आउनेवाला छ । आज दिन छ यसको अर्थ भरे रात पर्नेवाला छ । यो सुनिश्चित छ । वर्षा आयो हिउँद आउनेवाला छ, हिउँद आयो वर्षा आउनेवाला छ । जन्म भयो अब मर्नेवाला छ, म¥यो अब जन्म हुनेवाला छ । यो सुनिश्चित छ । तर, जन्म कहाँ लिने ? यो हाम्रो हातमा छ । जेलाई प्रयोग गर्यौं, त्यस्तै जन्म  पाइन्छ ।

यदि गलत काम गरेका छौं पशुको जस्तो व्यवहार गरेका छौं, आफ्नो स्वार्थको लागि मात्रै काम गरेका छौं र आफ्नो स्वार्थको लागि सारा दुनियाँलाई सताएका छौं भने हामीले त्यस्तै जन्म–कीरा फट्याङ्ग्रा, जनावरमा पनि हिंसा बढी गरेका छौं भने हिंस्रक जनावर, यी जन्महरु हाम्रो लागि सुनिश्चित छ । त्यही जन्म पाउँछौं । यसैकारणले जानेका मान्छेहरु, जसले यो सत्यलाई जाने– उनीहरु भन्छन्, मानवजन्म दुर्लभ छ– बाबु, सदुपयोग गर, तिमीले लाखौंलाख पशुपंछीका योनीहरु बिताएर बल्लबल्ल यो मानवजुनी पाएका छौ । अब सदुपयोग गर । हैन भने फर्केर फेरि त्यहीँ जानुपर्छ । जान्ने मान्छेहरु, बुद्ध पुरुषहरु यसै भन्छन् । 

हामी सबैलाई पनि आफ्नो कर्मप्रति सजग हुने अवसर मिलोस् । हामीभित्र रहेको मानवीय गुणलाई जगाउने र प्रयोग गर्ने अवसर मिलोस् ।

 
(यो सामग्री जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन बिकास विशेषज्ञ रमेश नेपालको रेडियो प्रवचनबाट उतार गरिएको हो ।)
 

विश्वभर एककरोड ध्यानीले एकैसमयमा सामूहिक ध्यान गर्दै 

काठमाडौं । सामूहिक चेतना अभिवृद्धिका लागि आज बेलुकी छ बजेदेखि एकै समय विश्वभर सामूहिक भावातीत ध्यान गरिने भएको छ । वैदिककालमा गुरु–चेला रम्पराबाट

भगवद्गीतामा होलीको यस्तो छ अर्थ

आज फागुपर्व । यसलाई होली पनि भनिन्छ । काठमाडौँमा फागुन ३० गते अष्टमीको दिनदेखि चिरोत्थान गरी शुभारम्भ गरिएको यस पर्वलाई फागुनशुक्ल पूर्णिमाको दिन

 नेपाललाई पाँच वर्षमा वैदिक राष्ट्रको आधार बनाइने

काठमाडौं । तीनदेखि चलेको अन्तर्राष्ट्रिय वैदिक एवं आधुनिक विज्ञान महासम्मेलनले ध्यान, योगका माध्यमबाट देशमा सात्विक शक्तिको विस्तार गरी पाँच

 आज सोमबारकै दिन महाशिवरात्रि

काठमाडौं । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी सोमबार देशभर मनाइँदैछ ।  वैदिक सनातन