ज्योतिष विज्ञानका ज्ञाता थिए कलाकार अरनिको

 काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय विभूति अरनिकोको सम्झनामा सोमबार पहिलो स्मृति दिवस मनाउँदैछ । 

अरनिको निधन भएको दिन पारेर प्रतिष्ठानले मार्च ११ तारिखमा विभिन्न कार्यक्रम गरी प्रत्येक वर्ष उनको स्मृति दिवस मनाउने तयारी गरेको छ । सन् १३०६ मार्च ११ तारिख ६३ वर्षको उमेरमा कलाकार अरनिकोको चीनमा निधन भएको थियो । 

तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई विदेशमा प्रचार गरेका उनको जीवनी गहिरो खोज एंव अनुसन्धान हुन सकेको छैन । 

सन् १२४४ मा पाटनमा जन्मिएका अरनिकोले चीनमा गएर आफ्नो कलाकौशलका माध्यमबाट स्वदेशी वास्तुकलाको विदेशमा प्रवद्र्धन गरेका   थिए । प्रतिष्ठानले उनको शालिक बनाउनका लागि आवश्यक गृहकार्यसमेत शुरु गरेको छ । 

कलाकार अरनिको तथा उनको समूहले निर्माण गरेका कलाकृतिबारे खोज र अनुसनधानका क्षेत्रमा प्रत्येक वर्ष प्रतिष्ठानले रचनात्मक कार्यक्रम गर्ने भएको छ । 

अरनिको नेतृत्वमा नेपालबाट चीन गएका कलाकारको समूहले सन् १२७१ मा चीनको राजधानी बेइजिङको मध्यभागमा करीब आठ वर्षको समयावधिमा प्यागोडा शैलीमा श्वेत चैत्यको निर्माण गरेको थियो । उक्त सम्पदा अहिले पनि महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा लिइएको प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले बताए । 

कर्माचार्यले भने, “करीब ७०० वर्षअघि विभिन्न धातुमा रसायनको प्रयोग गर्न सकिने अवस्थाले देशको प्राविधिक, कूटनीतिक, व्यापारिक अवस्थालाई आङ्कलन गर्न सकिन्छ, तत्कालीन समयमा तामा, पित्तल, काँचलगायत धातु बनाउन सक्ने पूर्वजका सीपलाई अनुसन्धान गर्नुपर्छ, अहिलेको पुस्ताले अवलम्बन गर्नुपर्छ, प्रतिष्ठानले त्यसका लागि लगानी गर्छ ।” 

अरनिको कला निर्माणका शैलीबारे जानकार चीनका तत्कालीन सम्राट कुब्ला खाँका गुरु पाहसपाले अरनिकोको नेतृत्वमा ८० जना नेपाली कलाकारलाई चीन जाने व्यवस्था गरेको इतिहास छ । ज्योतिष विज्ञानसमेत जानेका अरनिकोले नेपाली वास्तुकला र नेपाली कलाकारितालाई तिब्बत, बेइजिङ, उथाइसान, भित्री मङ्गोलियालगायत स्थानमा स्वदेशी मौलिकताका आकर्षक मन्दिर, चैत्य, गुम्बा तथा मूर्ति निर्माण गरेका थिए । अरनिको प्यागोडा शैलीको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन् । 

वाङ्मय शताब्दी पुरुष तथा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी विसं २०१६ मा पहिलोपटक चीन पुग्दा श्वैत चैत्य देखेपछि अरनिकोबारे थप अध्ययन गरेका थिए । उनले ‘नेपालया राष्ट्रिय विभूति कलाकार अरनिकोया श्वेत चैत्य’ नाममा नेवारी भाषामा कृति प्रकाशन गरेका थिए । त्यस पुस्तकलाई अङ्ग्रेजीमा अनुवाद गरी प्रकाशित गरिएको थियो । ‘कलाकार अरनिको’ कृति समेत प्रकाशन गरिएको थियो । 

अरनिकोको वास्तविक नाम बलबाहु भए पनि अरनिको नामले परिचित भएपछि चीनका बादशाहले उनलाई क्वान्ह्यु नाइफ र नासथु उपाधि दिएका थिए । उनी र उनको समूहले वास्तुकलाको माध्यमबाट निर्माण गरेका कला, कृति र सम्पदाले नेपाल र चीन दुई देशबीचको सम्बन्धलाई बलियो बनाउनका साथै सांस्कृतिक धरोहरका रुपमा संरक्षण गर्न महत्व देखिएको प्राज्ञ सुषमा राजभण्डारीले बताईन् । 

तत्कालीन समयको तिब्बतमा सुनको जलप भएका मूर्ति बनाउने, प्राचीन मूर्तिलाई जीर्णोद्धार गर्दा स्वदेशी शैलीको प्रयोग, नेपाली शैलीका बुद्ध मूर्ति, देवदेवी, पौभा चित्रको विकासमा योगदान गरेको उक्त समूहले बौद्धधर्मका विभिन्न कृति तिब्बतमा पु¥याएको विश्वास छ । 

नेपाल र चीनको मैत्रीपूर्ण एवं सांस्कृतिक सम्बन्धको प्रतीक बनेको श्वेत चैत्यलाई चीन सरकारले राष्ट्रिय अमूल्य सांस्कृतिक सम्पत्ति रुपमा घोषणा गरेको छ । रासस
 

कवि तीर्थको कवितारुपी फेवा तालमा नौका विचरण

काठमाडौं । सुपरिचित कवि तीर्थ श्रेष्ठका कवितासँग अपरिचित साहित्यप्रेमीको संख्या निकै थोरै होला जसले उनका कविताको फेवा तालमा नौका विचरण नगरेको होस्

  बुबा त्यसपछि फर्केरै आउनु भएन !

आठ वर्षकी छँदा म बिर्तामोडको कृषि थोकबजार पस्ने ठाउँमै रहेको खत्री होटेलमा काम गर्थेँ । खासमा म त्यति गरीब परिवारमा जन्मिएकी होइन । म सात वर्षकी

 भोलेनाथ म धेरै खुशी छु !

भोलेनाथ ! म आज राती १ बजे नै उठेर पूरै शरीर धोएर तपाईंलाई दर्शन गर्न भनेर गएँ, मलाई त्यो कति बजे होस् कुनै मतलव थिएन । मात्र तपाईंलाई दर्शन गर्न पाएमा म

 १६ शृङ्गारमा सजिएर बसिन् तर दुलाहा आएनन् 

चिप्लेढुङ्गा, १९ फागुन । पोखरा छोरेपाटनकी सोफिया खाती उमेर बल्ल १८ पुगिन् । उनी प्लस टुमा अध्ययनरत छिन् । झपक्क गहनामा साडीमा सजिएर बेहुली बनेकी उनी