सीके राउतसँग सुविचारित ढङ्गबाट सहमति गरिएको गृहमन्त्रीको दावी

काठमाडौं । सीके राउतसँग भएको सहमतिले नेपालको राष्ट्रिय हितमा कुनै नकारात्मक असर नपर्ने गृहमन्त्री रामबहादुर थापाले दावी गरेका छन् । उनले संसदमा बोल्दै सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति सबैले खुशी हुनुपर्नेमा आलोचना र शंका बढी भएकोमा आश्चर्य लागेको पनि बताएका छन् ।

 सरकार र राउतबीच भएको राजनीतिक सहमतिबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जानकारी माग गरेपछि गृहमन्त्री थापाले भने, “जुनसुकै कोणबाट उठाए पनि सरकारलाई राष्ट्रको सार्वभौमसत्ता र स्वतन्त्रताको बारेमा स्पष्ट गर्न सहयोग पुगेको छ, सहमतिका कतिपय बुँदामा सरकार चिप्लिएको छ भन्ने कोणबाट आएका विचार एउटा भ्रम हो, सहमति नेपालको सार्वभौम र अखण्डताको रक्षा गर्ने सम्बन्धमा ऐतिहासिक  रहनेछ ।” 

सहमतिले राज्यलाई कमजोर पार्छ कि भन्ने चिन्ता लिन आवश्यक नभएको बताउँदै मन्त्री थापाले भने, ‘‘देशको कुनै भू–भाग अलग गर्ने कुरा संविधानले कल्पना गरेको छैन, अभिमत लिने भन्नेकुरासँग भ्रम भएको जस्तो छ, सुविचारपूर्वक उक्त शब्द राखिएको छ । यो नितान्त भ्रम र गलत बुझाइ हो ।’’ 

मुलुकमा स्वतन्त्र र स्वाधीनताको नाममा विखण्डन गर्ने र राज्य सशक्तिलाई उल्टाउने दुई खाले समूह सक्रिय रहेकामा नेपाललाई विखण्ड गर्ने भनेर हिँडिरहेको समूहले नेपालको सार्वभौमसत्ता र स्वाधिनतालाई सर्वाेपरी मान्छौं भन्नेमा पुग्नु स्वभाविक रुपमै राष्ट्रहितको पक्षमा रहेको गृहमन्त्रीको भनाई थियो । 

‘‘सरकार र गठबन्धनबीच भएको सहमतिले देशको शान्ति सुरक्षालाई सुदृढ तुल्याउन योगदान दिनेछ, यसमा आत्मसर्मपण र संविधान मिचेको भन्ने ढङ्गबाट उठाइएको प्रश्न, बहस र दृष्टिकोणप्रति आश्चर्य लागेको छ, यसले मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, अखण्डताको रक्षा गरको छ’’, गृहमन्त्री थापाले भनेका छन् । 

उनले भने, “तराई–मधेशलाई मुलुकबाट अलग गर्न जनमत सङ्ग्रह गर्ने ढङ्गबाट सहमति भएको वा सरकारले मानेको छ भन्ने होइन, मैले यसमा झुठो बोलेको छैन । मधेशी जनताका राजनीतिक, सांस्कृतिक र सामाजिक अधिकारलाई जनअभिमत र लोकतान्त्रिक विधिद्वारा पूर्णता दिन सकिन्छ भन्ने  हो ।’’  
 

झलनाथको बढुवा, माधव नेपालको घटुवा: अरु कसले के जिम्मेवारी पाए ?

 काठमाडौं । नेकपाका नेताको वरियता मिलाउँदा पूर्वप्रधानमन्त्री माधव नेपाललाई एकतह घटुवा गर्दै अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई एकतह बढुवा

नेकपाभित्र अध्यक्षद्धयको अभिव्यक्तिले ‘हलचल’ 

  काठमाडौं १ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमाले र माओवादी केन्द्रबिच ‘पार्टी एकता नगरेको भए

स्वास्थ्य परिक्षणको लागि सिंगापुर जादै प्रधानमन्त्री 

  काठमाडौँ १ भदौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागि पुन ः  सिंगापुर जाने भएका छन् । स्वास्थ्यमा फेरि समस्या देखिएकाले

प्रमुख प्रतिपक्ष भन्छ: \'प्रधानमन्त्री सबै परीक्षामा फेल\'

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकार संचालनको परीक्षामा प्रधानमन्त्री असफल भएको बताएका छन्