सीके राउतसँग सुविचारित ढङ्गबाट सहमति गरिएको गृहमन्त्रीको दावी

काठमाडौं । सीके राउतसँग भएको सहमतिले नेपालको राष्ट्रिय हितमा कुनै नकारात्मक असर नपर्ने गृहमन्त्री रामबहादुर थापाले दावी गरेका छन् । उनले संसदमा बोल्दै सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति सबैले खुशी हुनुपर्नेमा आलोचना र शंका बढी भएकोमा आश्चर्य लागेको पनि बताएका छन् ।

 सरकार र राउतबीच भएको राजनीतिक सहमतिबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जानकारी माग गरेपछि गृहमन्त्री थापाले भने, “जुनसुकै कोणबाट उठाए पनि सरकारलाई राष्ट्रको सार्वभौमसत्ता र स्वतन्त्रताको बारेमा स्पष्ट गर्न सहयोग पुगेको छ, सहमतिका कतिपय बुँदामा सरकार चिप्लिएको छ भन्ने कोणबाट आएका विचार एउटा भ्रम हो, सहमति नेपालको सार्वभौम र अखण्डताको रक्षा गर्ने सम्बन्धमा ऐतिहासिक  रहनेछ ।” 

सहमतिले राज्यलाई कमजोर पार्छ कि भन्ने चिन्ता लिन आवश्यक नभएको बताउँदै मन्त्री थापाले भने, ‘‘देशको कुनै भू–भाग अलग गर्ने कुरा संविधानले कल्पना गरेको छैन, अभिमत लिने भन्नेकुरासँग भ्रम भएको जस्तो छ, सुविचारपूर्वक उक्त शब्द राखिएको छ । यो नितान्त भ्रम र गलत बुझाइ हो ।’’ 

मुलुकमा स्वतन्त्र र स्वाधीनताको नाममा विखण्डन गर्ने र राज्य सशक्तिलाई उल्टाउने दुई खाले समूह सक्रिय रहेकामा नेपाललाई विखण्ड गर्ने भनेर हिँडिरहेको समूहले नेपालको सार्वभौमसत्ता र स्वाधिनतालाई सर्वाेपरी मान्छौं भन्नेमा पुग्नु स्वभाविक रुपमै राष्ट्रहितको पक्षमा रहेको गृहमन्त्रीको भनाई थियो । 

‘‘सरकार र गठबन्धनबीच भएको सहमतिले देशको शान्ति सुरक्षालाई सुदृढ तुल्याउन योगदान दिनेछ, यसमा आत्मसर्मपण र संविधान मिचेको भन्ने ढङ्गबाट उठाइएको प्रश्न, बहस र दृष्टिकोणप्रति आश्चर्य लागेको छ, यसले मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, अखण्डताको रक्षा गरको छ’’, गृहमन्त्री थापाले भनेका छन् । 

उनले भने, “तराई–मधेशलाई मुलुकबाट अलग गर्न जनमत सङ्ग्रह गर्ने ढङ्गबाट सहमति भएको वा सरकारले मानेको छ भन्ने होइन, मैले यसमा झुठो बोलेको छैन । मधेशी जनताका राजनीतिक, सांस्कृतिक र सामाजिक अधिकारलाई जनअभिमत र लोकतान्त्रिक विधिद्वारा पूर्णता दिन सकिन्छ भन्ने  हो ।’’  
 

नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्दका दुई कार्यकर्ता पक्राउ

        तनहुँ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द समूहका दुई स्थानीय नेतालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ ।   

 देउवाले नभेटेका रअ प्रमुखले प्रधानमन्त्रीलाई कस्तो सन्देश पठाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाईसिस वीङ्स (रअ) का प्रमुखसँग नभेटेको बुझिएको छ । अचानक

शान्तिसुरक्षाको अधिकार प्रदेशलाई हुनुपर्छ : सभापति शाह

रुपन्देही, ७ साउन । संसद्को सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले शान्तिसुरक्षाको अधिकार प्रदेशकै मातहतमा हुनुपर्ने बताएका छन्

गृहकार्य नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रियाको बाँकी काम टुंग्याउन आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । गृहकार्य