विश्वकप फुटसलमा क्यानडासँग भिड्दै नेपाल

काठमाडौँ, २६ फागुन । विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ । 

अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी क्यानडा पाएको आयोजकले आज सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । 

उक्त प्रतियोगितामा १६ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ जसमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा क्यानडासहित क्याटलना र फ्रान्स छन् । 

आगामी चैत १७ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल चैत १८ गते क्यानडासँग खेल्नेछ । त्यस्तै नेपालले दोस्रो खेलमा चैत १९ गते क्याटलनासँग र समूहको अन्तिम खेल चैत २० गते फ्रान्ससँग खेल्नेछ । समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । उक्त प्रतियोगिताका लागि नेपाल फुटसल सङ्घले खेलाडी छनोट गरिसकेको जनाइएको छ । उक्त विश्वकप फुटसलमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो । रासस

बिमल र खवास बिनाको नेपाली टोली घोषणा

काठमाडौं, ६ जेठ । मलेसिया र चाइनिज ताइपेई विरुद्ध खेल्न नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।  प्रशिक्षक योहान कलीनको नेतृत्वमा घोषणा गरिएको

सोसल मिडियामा चम्किए विराट कोहली

एजेन्सी । भारतीय क्रिकेटरहरु खेलाडीमा मात्र सिमित नभएर सेलिब्रेटीको हैसियतमा हुने गरेका छन् । ठुलो जनसंख्या भएको भारतमा क्रिकेटरहरुको फ्यान फलोइङ

क्यान्सर रोगका कारण क्रिकेटर आसिफकी दुई वर्षिय छोरीको मृत्यु

एजेन्सी । इंग्ल्याण्ड विरुद्धको सिरिज खेलिरहेका पाकिस्तान क्रिकेटर आसिफ अलीलाई गम्भिर पारिवारिक समस्या आइलागेको थाहा भएको छ । उनको दुई वर्षिय छोरी

सीपीएलमा सन्दीप लामिछानेले पुरानै टिमबाट खेल्ने सम्भावना

काठमाडौं, ५ जेठ । स्टार लेग स्पीनर सन्दीप लामिछानेलाई सेन्ट  किट्स एण्ड नेभिस पेट्रियोट्सले ‘रिटेन’ गर्ने सम्भावना रहेको थाहा भएको छ