अब विपीकोइराला अस्पतालमै डिएनए र आरएनए परीक्षणको सुुविधा 

रत्ननगर, २६ फागुन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा डिएनए र आरएनए परीक्षण गर्न सकिने भएको छ । 

अमेरिकी युथा विश्वविद्यालयको अनुदान सहयोगमा डिएनए (डेक्सिबेरोन्युलिकिक एसिड) र आरएनए (रिबन्यूक्लिक एसिड) परीक्षण गर्ने ‘रियल टाइम पिसिआर मेशिन’ प्राप्त भएसँगै अस्पतालमा यससम्बन्धी परीक्षण गर्न सकिने भएको हो । 

यो उपकरणबाट एचपिभी १६ र १८ (ह्युमन प्यापिलोमा भाइरस) को सङ्क्रमणबाट हुने पाठेघर, मुख र लिङ्ग र रक्तक्यान्सरको स्क्रिनिङ गर्न   सकिन्छ । यसअघि सारभाइकल क्यान्सरको नमूना पिसिआर ‘पोलिमर चेञ्ज रियाक्सन’को परीक्षण गर्न छिमेकी मुलुक भारत पठाउनुपर्ने अवस्था थियो । 

अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यका अनुसार उपकरणले क्यान्सर अस्पतालको सेवालाई थप प्रभावकारी बनाउने छ । “डिएन बेसको परीक्षणको सेवा शुरुआत गरिसकेका छौँ,” उनले भने, “आरएनएन बेस जटिल भएकाले केही समयपछि मात्रै सेवा शुरु गर्छौं । यो उपकरणले क्यान्सरको उपचार तथा रोकथाममा विशेष सहयोग पुग्नेछ ।” 

पाठेघर, मुख, लिङ्ग र रक्तक्यान्सर हुनुपूर्व एचपिभी डिएनए र आरएनएको स्क्रिनिङ गर्न सकिए क्यान्सरको निर्मूलीकरण र रोकथाम गर्न सकिने अस्पतालका प्याथोलोजी विभाग प्रमुख डा सुदिना श्रेष्ठले बताए। 
उपकरणको प्रयोगले क्यान्सरको उपचार र रोकथामका क्षेत्रमा सहज हुने भएकाले क्यान्सरबाट हुने मृत्युदरमा कमी आउने उनले जानकारी दिए।

क्यान्सर रोगीमा भएको एचपिभीको मात्र समयमै पत्ता लगाई खोप दिन सके यसको निदान हुन सकिने उनले बताए। नेपालका ५० प्रतिशत क्यान्सर रोगीको उपचार गर्दै आइरहेको यस अस्पतालमा एचपिभी भाइरसबाट लाग्ने क्यान्सरका रोगीहरु ४० प्रतिशतभन्दा बढीले सेवा लिने गरेको अस्पतालको तथ्याङ्क छ । रासस

गलत सनस्क्रीन क्रिमको प्रयोग खतरनाक 

एजेन्सी । चर्को घामबाट छालालाई जोगाउनको लागि सनस्क्रीन क्रिमको प्रयोग गरिन्छ । विशेषगरी महिलाहरुले यस क्रिमको प्रयोग गर्ने गरेका छन् भने पुरुषहरु

योगमय बन्दै रारा

सिञ्जा, ७ जेठ । मुगुमा पछिल्लो समय धेरै मानिसको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि छायानाथ नगरपालिकाले योगाभ्यास सञ्चालनमा ल्याएको छ । मुगु

पेट फुल्ने समस्या हुनेलाई यस्तो छ उपाय

एजेन्सी । अन्नपानीको शरिर कहिलेकाहिं तलमाथी पर्नु स्वभाविक हो । कहिले काहिं हामीलाई कुनै कार्यक्रममा जान हतार भइ रहेको बेला पेट फुलेर असहज पार्ने

गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा

काभ्रेपलाञ्चोक, ५ जेठ  । पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि